अजित कुमार भुजेल , बिरगंज । जाडोमा न्यानोको लागि साहिब दरबार सस्थाले बिरगंजको ग्रामीण भेगमा गरिब विपन्न र असहायहरुलाई सिरक वितरण गरेको छ।
बिरगंज महानगरपालिका वडा नम्बर ३१ बेलवामा ७० जनालाई साहिब दरबार सस्थाले सिरक वितरण गरेको छ ।
यसअघि साहिब दरबार सस्थाले बिरगंजको नारायणी अस्पतालका बिरामी र कुरुवाहरुलाई पनि १५० थान कम्बल वितरण गरेको थियो ।
तराईमा केही दिनदेखि चिसो र शीतलहरले गर्दा जनजीवन कष्टकर भएकोले गरिब विपन्नहरुलाई जाडोमा राहत मिलोस् भनेर संस्थाले विभिन्न स्थानमा कम्बल र सिरक वितरण गरिरहेको संस्थाका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिनुभयो ।
सस्थाका अध्यक्ष उमेशलाल सहनीको अध्यक्षतामा भएको सिरक वितरण कार्यक्रममा जसपाका स्थानीय नेता सुलेमान मियाँ, साहिब दरबारका सदस्यहरू प्रेमबाबु पटेल , अन्नपुर्णा सिंह , संगीता दास , सुनिता शर्मा , पुष्पराज कोइराला, हफिज मियाँ लगायतको उपस्थिती रहेको थियो ।