शैक्षिक सहिद स्व. मुकुन्द प्रसाद खनालको स्मृति दिवसमा ठाकुरराम बहुमुखी क्याम्पस संघको नवनिर्मित भवन हस्तान्तरण तथा सम्मान कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज । शैक्षिक शहिद स्वर्गीय मुकुन्द प्रसाद खनाल स्मृति दिवस यहि माघ ४ गते मनाउने निर्णय गरेको छ।

स्व. मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साका अध्यक्ष मुना कुमारी खनालको अध्यक्षतामा आज बसेको बैठक सो निर्णय गरेको हो।

ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व प्रध्यापक मुकुन्द प्रसाद खनालको १२ बर्ष अगाडि बारा जिल्लाको पसाहामा पेट्रोल बम प्रहारबाट उहाको निधन भएको थियो ।

त्यसबेला नेपाल सरकारले शैक्षिक सहिद घोषणा समेत गरेको थियो । उहाको सम्झनामा उहाका परिवारले शैक्षिक र स्वास्थ्य क्षेत्रमा केही सहयोग गर्ने उदेश्यका साथ उहाको नाममा प्रतिष्ठान स्थापना गरि काम गर्दै आईरहेको छ ।

हाल उहाको जेठी छोरी मुना कुमारी खनाल प्रतिष्ठानको अध्यक्ष हुनु हुन्छ ।

प्रतिष्ठानले ठाकुरराम बहुमुखी क्याम्पस बिरगंजको प्राध्यापक संघको लागि नवनिर्मित भवनको हस्तान्तरण तथा क्याम्पसका अवकाश प्राप्त प्राध्यापकहरुलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको आज बसेको बैठकले निर्णय गरेको अध्यक्ष खनालले जानकारी दिनुभयो ।

बैठकमा उपाध्यक्ष रोशन लामिछाने , सचिब लालबाबु सिंह , कोषाध्यक्ष श्रीमती बिना खतिवडा आचार्य , सदस्य अजित कुमार भुजेल , नवराज भट्टराई , सुर्य नारायण बिक , जय कुमार दनुवार लगायत सल्लाहकार प्रकाश कुमार उपाध्याय , प्रा. डा. हरेराम ठाकुरको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...