स्वर्गीय प्रताप उपाध्यायको स्मृतिमा बिर्तामाई संरक्षण समितिलाई १ लाख ५ हजार ५०५ रुपैयाँ सहयोग

Date:

पर्सा पोस्ट, फागुन २६ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका वडा नं. ४ भगवती टोल निवासी स्वर्गीय प्रताप कुमार उपाध्यायकी धर्मपत्नी सुशीला देवी उपाध्यायले आफ्नो स्वर्गवासी पतिको स्मृतिमा धार्मिक कार्यका लागि उल्लेखनीय सहयोग प्रदान गर्नुभएको छ।

उहाँले श्री बिर्ता माई संरक्षण समितिलाई नगद रु. १ लाख ५ हजार ५०५ (१०५५०५) सहयोग हस्तान्तरण गर्नुभएको हो।
मिति २०८२ साल फागुन २६ गते श्री बिर्ता माई संरक्षण समिति अध्यक्ष जगत साह कानुको अध्यक्षतामा बसेको बैठकका अवसरमा उक्त सहयोग रकम औपचारिक रूपमा समितिलाई प्रदान गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा समितिका सल्लाहकार तथा समाजसेवी प्रकाश उपाध्याय, हरि पोखरेल, मुना खनाल, प्रभु गुप्ता, राजु गुप्ता, सोनु तिवारी लगायत स्थानीय सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा समितिका अध्यक्ष जगत साह कानुले दाता सुशीला देवी उपाध्यायलाई खादा तथा माला लगाएर सम्मान गर्दै धार्मिक तथा सामाजिक कार्यमा देखाएको उदारताको प्रशंसा गर्नुभयो। उहाँले स्वर्गीय प्रताप कुमार उपाध्यायको स्मृतिमा गरिएको सहयोगले बिर्ता माई मन्दिरको संरक्षण, व्यवस्थापन तथा विकास कार्यमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले पनि धार्मिक सम्पदा संरक्षणका लागि समाजका विभिन्न क्षेत्रबाट यस्ता सहयोगहरू आवश्यक रहेको उल्लेख गर्दै दाता परिवारको पहललाई अनुकरणीय कार्यको रूपमा प्रशंसा गरेका थिए।

समितिका पदाधिकारीहरूले प्राप्त सहयोगलाई मन्दिरको संरक्षण, सरसफाइ, व्यवस्थापन तथा भावी विकास योजनामा प्रयोग गरिने जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...