छपकैया-२ मा काङ्ग्रेसको दिन प्रतिदिन जनलहर तीब्र , जसपाका नेता देवानद्वय काङ्ग्रेसमा प्रवेश

Date:

पर्सा पोस्ट, फागुन १४ गते, वीरगञ्ज।
नेपाली कांग्रेस वीरगञ्ज महानगरपालिका वडा नं. २ का बुथ सभापति फिरोज आलमको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा)का नेता मकबुल अहमद देवान र जफर अली देवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नवप्रवेशी नेताहरूलाई नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुङटाले टीका तथा माला लगाएर स्वागत गरेका थिए। पार्टी प्रवेश कार्यक्रम स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले विभिन्न राजनीतिक दलबाट नेताहरूको कांग्रेसमा प्रवेश हुनु सकारात्मक संकेत भएको उल्लेख गरे। उनले भने, “पर्सा क्षेत्र नं. १ को समग्र विकास, सुशासन र स्थायित्वका लागि नेपाली कांग्रेस नै भरपर्दो शक्ति हो। अब सबै एकजुट भएर ‘रुख छाप’ लाई विजयी बनाउन जुट्नुपर्छ।”

पार्टी प्रवेश गर्ने मध्ये मकबुल अहमद देवान पूर्व वडा सदस्यसमेत रहेका छन्। लामो समयदेखि स्थानीय राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय देवानको प्रवेशले क्षेत्र नं. १ मा कांग्रेसको संगठन थप सुदृढ हुने विश्वास गरिएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार पर्सा क्षेत्र नं. १ मा अनिल रुङटाको जनलहर दिनप्रतिदिन बढ्दै गएको छ। घरदैलो, भेटघाट तथा कोणसभाहरूमा देखिएको जनसहभागिताले कांग्रेसप्रति आकर्षण बढेको उनीहरूको भनाइ छ। “विकास, रोजगारी र स्थायित्वका लागि अहिलेको आवश्यकता ‘रुख छाप’ हो, नेपाली कांग्रेस बाहेक अन्य विकल्प देखिँदैन,” स्थानीय मतदाताहरूले प्रतिक्रिया दिएका छन्।

पछिल्लो समय विभिन्न दलका नेता–कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्ने क्रम तीव्र बन्दै गएको छ। यसले आगामी निर्वाचनमा पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको जित सुनिश्चित गर्ने आधार तयार भएको नेताहरूको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...