३० युवतीलाई कपडा सिलाई – कटाई तालिमपछि प्रमाणपत्र हस्तान्तरण

Date:

पर्सा पोस्ट, फागुन १३ गते, वीरगञ्ज।
उपकार सेवा नेपाल को सम्पूर्ण सहयोगमा वीरगञ्ज महानगरपालिका–१३ नयाँटोल मुर्लीमा सञ्चालन गरिएको दुई महिने कपडा सिलाई–कटाई तालिम कार्यक्रम सम्पन्न भएको छ। तालिम समापनसँगै आयोजित एक औपचारिक कार्यक्रममा सहभागी ३० जना युवतीहरूलाई सीप प्रमाणपत्र प्रदान गरिएको हो।

तालिममा १५/१५ जनाको दुई समूह बनाएर प्रशिक्षण दिइएको थियो। प्रशिक्षक खुश्बु प्रबिन र शोनी प्रबिनले दुई महिनासम्म व्यावहारिक तथा सीपमूलक प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा प्रशिक्षार्थी सलमा प्रबिन, सकिला प्रबिन, सजरुन प्रबिन, बिस्मिल्ला प्रबिनलगायतका सहभागीहरूलाई संस्थाकी अध्यक्ष विध्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी तथा सदस्य सुमन बगेडियारले तीन महिने सीपको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।

समापन कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारूलगायत स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले यस्ता सीपमूलक तालिमले युवतीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुका साथै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।

संस्थाका प्रतिनिधिहरूले महिलाको आर्थिक सशक्तीकरणमार्फत परिवार तथा समाजको समग्र विकास सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

उपकार सेवा नेपालले विगतदेखि नै विभिन्न सामाजिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै समाजिक उत्थानमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...