१२ बुँदे विकास एजेन्डासहित सरार्फ चुनावी मैदानमा , बिरगंजलाई व्यवसायमैत्री समृद्व सहर बनाउने लक्ष्य

Date:

पर्सा पोस्ट , फागुन १३ गते , बिरगंज  ।
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ बुँदे विकासमूलक एजेन्डा सार्वजनिक गरेका छन्। नागरिक जीवनस्तर सुधार, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्यमा पहुँच विस्तार र वीरगञ्जलाई व्यवसायमैत्री तथा समृद्ध महानगर बनाउने लक्ष्यसहित ल्याइएको योजनाले स्थानीयवासी तथा व्यवसायिक समुदायबाट सकारात्मक प्रतिक्रिया पाएको छ।

सरार्फले स्थानीय उद्योग प्रवर्द्धन, १० हजार युवालाई सीप तालिम, ५ अर्ब रुपैयाँको युवा स्वरोजगार कोष र स्टार्टअप सहयोगमार्फत पाँच वर्षमा कम्तीमा ३० हजार रोजगारी सिर्जना गर्ने योजना अघि सारेका छन्। सामुदायिक विद्यालय स्तरोन्नति, स्मार्ट कक्षा विस्तार, शिक्षक तालिम र विपन्न विद्यार्थीका लागि छात्रवृत्तिबाट विद्यालय छोड्ने दर घटाइने उनले बताए।

स्वास्थ्य क्षेत्रमा नगर स्वास्थ्य बीमा, सुलभ अस्पताल सेवा, ५० भन्दा बढी निःशुल्क स्वास्थ्य शिविर र २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ। पूर्वाधारतर्फ ८० किमि सडक स्तरोन्नति, वर्षा पानी निकास सुधार, स्मार्ट सडक बत्ती तथा हरित सार्वजनिक पार्क निर्माणको योजना रहेको छ।

भ्रष्टाचार नियन्त्रणका लागि महानगरका सेवा पूर्ण डिजिटल बनाउने, ई–टेन्डर अनिवार्य गर्ने, २४ घण्टा गुनासो हेल्पलाइन र सार्वजनिक सुनुवाइ लागू गरिने उनले जनाए। व्यवसाय प्रवर्द्धनका लागि ‘वन स्टप बिजनेस सहायता केन्द्र’ र डिजिटल दर्ता प्रणालीमार्फत पाँच हजार नयाँ व्यवसाय दर्ता गर्ने लक्ष्य राखिएको छ।

महिला तथा युवालाई सीप तालिम, सहुलियत ऋण र उद्योग इन्टर्नशिपमार्फत १० हजार रोजगारी, ग्रामीण क्षेत्रमा आधुनिक सिँचाइ, कोल्ड स्टोर र किसान बजार स्थापना गरी कृषि उत्पादन २० प्रतिशत बढाउने योजना पनि एजेन्डामा समेटिएको छ। साथै १० खेल मैदान निर्माण, कभर्ड हल स्तरोन्नति, वार्षिक महानगर खेलकुद महोत्सव, एकीकृत सेवा केन्द्र (वन स्टप सेवा) र सातै दिन हेल्पडेस्क सञ्चालन गर्ने प्रस्ताव छ।

संस्कृति संरक्षणका लागि वार्षिक सांस्कृतिक–धार्मिक महोत्सव, कला संरक्षण कोष र विद्यालयमा सांस्कृतिक शिक्षा कार्यक्रम सञ्चालन गरिने तथा टोल विकास समिति सशक्तीकरण र सहभागी बजेट प्रणालीमार्फत नागरिक सहभागिता बढाइने सरार्फले बताएका छन्।

उनले प्रस्तुत एजेन्डाले वीरगञ्ज मात्र नभई समग्र पर्सा क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा नयाँ आधार तयार पार्ने विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...