पर्सा -१ मा रुङ्टाको घरदैलोमा जनलहर , रामवनमा उत्साहपूर्ण स्वागत

Date:

पर्सा पोस्ट, फागुन १३ गते, बिरगंज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानलाई स्थानीय जनताले उत्साहजनक समर्थन जनाएका छन्। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका रुङटालाई वीरगञ्ज महानगरपालिका–३२ रामवनमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले फूलमाला, अबिर र नारासहित भव्य स्वागत गरेका थिए।

घरदैलो अभियानका क्रममा रुङटाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो विकास एजेण्डा प्रस्तुत गरेका थिए। उनले विगतका सांसद तथा मन्त्रीहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै राजनीतिलाई जनसेवाको माध्यम बनाउनुपर्ने आवश्यकता औंल्याए। “अब राजनीति व्यक्तिगत स्वार्थका लागि होइन, जनताको जीवनस्तर सुधारका लागि हुनुपर्छ,” उनले भने, “पर्सा–१ को समग्र विकासका लागि म स्पष्ट योजना लिएर आएको छु।”

उनले रामवन क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गर्दै आन्तरिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने, रोजगारी सिर्जना गर्ने र सडक तथा आधारभूत पूर्वाधार सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै पूर्व मन्त्रीले चिडियाखाना निर्माणको नाममा स्थानीय बासिन्दालाई विस्थापित गर्न खोजिएको आरोपसमेत उनले लगाए।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले पर्सामा चिडियाखाना निर्माणको अवधारणा आफूले अघि सारेको दाबी गर्दै विगतमा ठोस काम हुन नसकेको टिप्पणी गरे। त्यस्तै, कार्यवाहक सभापति रामनारायण कुर्मीले पार्टी संगठन सुदृढीकरणसँगै विकास र समृद्धिको एजेण्डालाई केन्द्रमा राखेर उम्मेदवार रुङटालाई विजयी गराउन नेता–कार्यकर्ता एकजुट भएको बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासका लागि स्पष्ट कार्ययोजना आवश्यक रहेको उल्लेख गरे।

प्रचार–प्रसार समितिका मधेश प्रदेश सदस्य राहुल गुप्ताले रामवनमा सम्पन्न घरदैलो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको जनाउँदै स्थानीयको उल्लेखनीय सहभागिताले निर्वाचन परिणाम सकारात्मक हुने संकेत दिएको बताए।

घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, युवाहरु, महिला तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रामवनमा सम्पन्न कार्यक्रमसँगै पर्सा क्षेत्र नम्बर–१ मा चुनावी गतिविधि थप सक्रिय र चुनावी माहोल तातिएको स्थानीयवासीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...