पिपरामा अनिल रुङ्गटाको भब्य स्वागत , घरदैलो अभियानले चुनावी सरगर्मी बढायो

Date:

पर्सा पोस्ट, फागुन ०९ गते, पिपरा (वीरगंज) ।
पर्सा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–१४ पिपरामा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुङटालाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन्। चुनावी अभियानका क्रममा उहाँको आगमनसँगै क्षेत्रमा चुनावी माहोल झनै उत्साहित र चलायमान बनेको देखिएको छ।

बुथ सभापति बिशेश्वर प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न स्वागत तथा भेटघाट कार्यक्रममा स्थानीयवासी, युवा तथा महिला समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलो अभियानमा सहभागी हुन पुगेका रुङटालाई फूलमाला, अबिर तथा आत्मीय शुभकामनासहित स्वागत गर्दै मतदाताहरूले समर्थन जनाएका थिए।

प्रचार–प्रसार केन्द्र उद्घाटनसँगै उम्मेदवार रुङटाले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई तीव्रता दिनुभएको छ। कार्यक्रममा स्थानीय युवाको सक्रिय सहभागिता देखिएको थियो भने सयौं नागरिकले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, आधारभूत पूर्वाधार र महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै रुङटाले पिपराको दिगो विकासका लागि राजनीतिक सहकार्य, पारदर्शिता र जनसहभागिता अपरिहार्य रहेको बताउँदै समावेशी विकास र समान अवसरप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँले स्थानीय समस्या पहिचान गरेर योजनाबद्ध ढंगले समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सहभागीहरूले “हाम्रो नेता, हाम्रो गौरव” भन्ने नारासहित विकासको यात्रामा सँगै अघि बढ्ने अठोट व्यक्त गरेका थिए। स्थानीय नेताहरूका अनुसार शीर्ष नेतृत्वको सक्रियता र स्पष्ट दृष्टिकोणका कारण युवापुस्तामा पार्टीप्रति आकर्षण बढ्दै गएको बताइएको छ।

रुङटाले आगामी निर्वाचनमा पर्सा क्षेत्र नं. १ का मतदाताबाट भारी मतसहित विजयी हुने विश्वास व्यक्त गर्दै जनताको सुझावलाई मार्गदर्शन मानेर निरन्तर जनसेवामा समर्पित रहने प्रतिवद्धता व्यक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...