अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा रहेको हरि खेतान बहुमुखी क्याम्पसको नया भवन ( बिल्डिङ्ग) निर्माणमा अनियमितता भएको भन्दै क्याम्पसका निमित्त प्रमुख किशोरी रायले आरोप लगाएका छन् ।
क्याम्पसका नव निमित्त प्रमुख रायले नवनिर्मित भवन मै आज पत्रकार सम्मेलनको आयोजना गरि भवन निर्माणमा अनियमितता भएको भन्दै २ करोड ७४ लाखमा २०७६ सालमा सम्झौता भैइ २ बर्ष भित्र निर्माण सम्पन्न गर्न सन्तोष सेवा निर्माण कम्पनीलाई ठेक्का जिम्मा दिएको र रकम भुक्तानी पनि पुरै भैइ सक्दा पनि भवन अधुरो रहेकोले यसमा अनियमितता भएको र यसको छानबिन गर्न आफूले पत्रकार सम्मेलन गर्नु परेको बताए ।
निमित्त क्याम्पस प्रमुख भएपछी निबर्तमान क्याम्पस प्रमुख डा. भगवान यादव भवन निर्माण सम्बन्धि कागजात रेकर्डको बारेमा सोध्दा यसबारे केही पनि बताउन चाहनु भएन । लेखा प्रमुख सङ्ग बुझ्दा सबै रेकर्ड भगवान सरले लिइ सकेकोले मसङ्ग केही पनि रेकर्ड छैन भनेर पन्छिनु भयो ।
आफू क्याम्पसको निमित्त प्रमुख भएपछी क्याम्पसको पुरानो भवनमा धेरै समस्या भएकोले नया बिल्डिङ्गमा कक्षा सन्चालन गर्नु पर्यो भनेर हेर्न आउदा त बिल्डिङ्ग अधुरो र फिनिसिङ्ग नभएको , प्लास्टर समेत नभएको , कवाडी संकलन गरि थुपारिएको , गाई पालन गरि फोहर अवस्थामा रहेको पाईएकोले पुर्व निर्माण समितिको दायित्व पनि रहेकोले सम्झौता अनुसार रंग रोगन गरि दिनु पर्नेमा नदिएकोले आफ्नो पालामा क्याम्पसको कोष कति छ , अधुरो काम के के छ , गलत कार्य गर्ने कर्मचारीलाई केही दिन मै कार्वाही गर्ने निमित्त प्रमुख रायले बताए ।
२०७४ साल देखि २०८० सालसम्मको आन्तरिक लेखा परिक्षण समेत लेखा प्रमुख सङ्ग नभएको लापरबाही जवाफले गर्दा आफुलाई काम गर्न अप्ठ्यारो भएको र यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी समेत गराई सकेकोले केही दिन भित्रै सबै जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नया भवन बिरगंज महानगर पालिका वडा न.३ स्थित पानीटंकी नीर ८ कठ्ठा क्षेत्रफल जग्गामा सानो ठुलो गरि १० कोठाको एक तल्ले भवन रहेको छ । झ्याल , ढोका र प्लास्टर समेत नभएको छतको ढलान अहिले नै लच्केको र पिलर कमजोर अवस्थामा रहेकोले ठेकेदारको लापरबाही र पुर्व क्याम्पस प्रमुख यादबले अनियमितता गरेको आरोप रायको रहेको छ ।