अजित कुमार भुजेल , बिरगंज । माघी ( खिंचड़ी) मूल समाहरोह समिति पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा मुल समारोह समिति पर्साका संयोजक शेखर चौधरीले भोलि सोमबार माघ १ गते थारू माघी समारोह २०८० बीरगंज महानगर पालिका आदर्शनगर, पुरानो बसपार्कमा दिउसो १२ :३० बजे देखि हुने जानकारी दिनु भएको थियो ।
यसको साथै पर्सा जिल्लाको चार ओटा गाउपालिकामा थारू माघी कार्यक्रम भोलि हुन गईरहेको छ l जिराभवानी गा. पा, पटेर्वा सुगौली गा. पा, सखुवा परसौनी गा. पा, पर्सागाढ़ी गा.पा मा माघी कार्यक्रम भईरहेको छ l
आज आइतबार घंटाघरमा दीपप्रज्वलन कार्यक्रम ६ बजे रहेको संयोजक शेखर चौधरीले जानकारी दिनु भएको छ l
थारू साँस्कृतीक प्रभातफेरी सोमबार बिहान ११ ;३० घंटाघरबाट सुरु भैइ आदर्शनगर पुरानो बसपार्क सम्म हुने छ l त्यस्तै घटो, सामाचेकवा, झ्म्टा, थारू पूर्बी नाच, थारू गितमा नृत्य कला प्रदर्शन हुने छ l
थारू परिकार घोघी,केकरा, माछा, परेवा, हाँस, मुर्गामुर्गी, चिचर, लाइ, तिलवा ल्गायेत थारू खानाको परिकार रहेको र सो दिन रक्तदान कार्यक्रम समेत रहेको संयोजक चौधरीले बताए l
स्वागत मंतब्य थारू पत्रकार संघ पर्साका अध्यक्ष सम्भु महतो थारूले र कार्यक्रम सन्चालन पुनम चौधरीले गरेका थिए l कार्यक्रम बारे मेलमिलाप थारु परिवारको अध्क्षय मनोज चौधरीले प्रकास परेका थिए ।
कार्यक्रममा था.क.स पर्साको क्रन्द्रिय पार्षद नन्दकिशोर पंजियार, मेलमिलाप थारू परिवारको अध्यक्ष एवम् आर्थिक सयोजक मनोज चौधरी, था.क.स पर्सा को महिला सभा अध्यक्ष विजया ओझैया, थारू पत्रकार संघ पर्साको सचिव दीपेन्द्र चौधरी, प्रबीन चौधरी, प्रमोध चौधरी,जंगबहादुर चौधरी,बिकास चौधरी , आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) का मधेस प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर , पर्सा अध्यक्ष अजित कुमार भुजेल लगायतको उपस्थिति रहेको थियो ।