ईनरुवामा रास्वपाको सम्पर्क कार्यालय उद्घाटन , हरि पन्त भन्छन् – ” जनताको मायालाई जितमा परिणत गर्छौ “

Date:

पर्सा पोस्ट, फागुन ०६ गते, वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा सभापति तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले वीरगञ्ज महानगरपालिका–स्थित इनरुवामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।
आज आयोजित कार्यक्रमका बीच पन्तले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटनपछि बोल्दै उनले इनरुवावासीसँग आफ्नो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै स्थानीय जनताले देखाएको विश्वास र मायालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी निर्वाचनमा रास्वपालाई जिताउन स्थानीय बासिन्दा सक्रिय रूपमा लागिपरेको बताउँदै उक्त समर्थनलाई परिवर्तनको जनमतका रूपमा आफूले लिएको बताए।

“इनरुवावासीले देखाएको माया र भरोसाले थप जिम्मेवारी बोध गराएको छ,” उनले भने, “यहाँको विकास, सुशासन र पारदर्शिताका लागि हामी प्रतिबद्ध छौँ। जनताको अपेक्षा अनुसार काम गर्ने हाम्रो मुख्य लक्ष्य हुनेछ।”

कार्यक्रम विजय साहको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण सन्तोष पटेलले गरेका थिए। कार्यक्रममा रास्वपा महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापती, दिलीप कुर्मी, मुकेध पटेल लगायतका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले नयाँ राजनीतिक विकल्पको रूपमा रास्वपाप्रति जनआकर्षण बढिरहेको दाबी गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...