घन्टीको गाउँ – गाउँमा जनलहर : ठूलो मात्रामा पार्टी प्रवेश , पन्तले जित्ने ढुक्क भएको बताए

Date:

पर्सा पोस्ट, फागुन ०५ गते, वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तको समर्थनमा टेढा गाउँका बासिन्दाको उल्लेख्य सहभागिता देखिएको छ। आज टेढामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गर्दै ठूलो संख्यामा स्थानीयहरू रास्वपामा प्रवेश गरेका छन्।

कार्यक्रममा सहभागीहरूले देश परिवर्तनको माग जनताबाट तीव्र रूपमा उठिरहेको उल्लेख गर्दै रास्वपाले मात्रै नेपाली जनताको आशा, भरोसा र परिवर्तनको नेतृत्व गर्न सक्ने विश्वासका साथ पार्टी प्रवेश गरेको बताएका थिए। उनीहरूले पुराना दलप्रति जनविश्वास घट्दै गएको र नयाँ वैकल्पिक शक्तिको रूपमा रास्वपा अघि बढेको धारणा व्यक्त गरे।

पाँच सयभन्दा बढीको समूहलाई पार्टी प्रवेश गराउँदै रास्वपा पर्सा सभापति तथा उम्मेदवार हरि पन्तले देशभर रास्वपामय माहोल सिर्जना भइसकेको दाबी गरे। उनले आउने सरकार रास्वपाले बहुमतका साथ गठन गर्नेमा आफू ढुक्क रहेको बताउँदै जनताको साथ र उत्साहले आफ्नो जित सुनिश्चित भएको दाबी गरे।

पन्तले “जेनेरेसन–जेड (Gen-Z) को जागरण र परिवर्तनको चाहनाले पुराना सत्ता पक्षहरू विस्थापित हुने अवस्था आएको” उल्लेख गर्दै विकास र सुशासनका लागि जनताले अब नयाँ विकल्प रोज्ने बताएका थिए।

विशाल कुशवाहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए। कार्यक्रममा स्थानीय अगुवा साकिर हुसेन, अबुलेश हुसेन लगायतको उपस्थिति रहेको थियो भने सगीर आलम, पूर्ण सापकोटा, मनीष यादव, कमला भुजेल र चन्दन यादव लगायतले सम्बोधन गर्दै पन्तको पक्षमा मतदान गर्न आह्वान गरेका थिए।

कार्यक्रमपछि टेढा तथा आसपासका बस्तीमा रास्वपाप्रति जनलहर देखिएको आयोजकको दाबी छ। स्थानीयहरूबीच “घण्टी” चुनाव चिन्हप्रति आकर्षण बढ्दै गएको र गाउँ–गाउँमा समर्थन विस्तार भइरहेको रास्वपाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...