मितेरी पुलमा नेपाल -भारत संयुक्त रक्तदान शनिबार , आदर्शनगर ग्रिनसिटि सामुदायिक प्रहरीको योगदान सराहनीय

Date:

पर्सा पोस्ट, फागुन ०५ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाका हरियाली संयोजक तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान र डा. निरज सिंहबीच विशेष भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा वीरगञ्जस्थित नेपाल–भारत मित्रताको प्रतीक मितेरी पुल क्षेत्रमा यही शनिबार दुवै देशको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ। कार्यक्रमले सीमावर्ती क्षेत्रका बासिन्दाबीच आपसी सद्भाव, सहयोग र मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

केही समयअघिसम्म फोहोर र अव्यवस्थित रहेको मितेरी पुल क्षेत्र अहिले सरसफाइ तथा हरियाली व्यवस्थापनपछि आकर्षक र स्वच्छ बनेको छ। स्थानीयवासीले अहिले उक्त क्षेत्रलाई “स्वर्गझैँ अनुभूति हुने” स्थलका रूपमा लिन थालेका छन्। यस परिवर्तनमा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सक्रिय भूमिका उल्लेखनीय मानिएको छ।
केन्द्रले वीरगञ्ज नगरको हरियाली प्रवर्द्धन, सरसफाइ अभियान, ट्राफिक व्यवस्थापन तथा विभिन्न जनचेतनामूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

कोभिड–१९ महामारीको कठिन समयमा छिमेकी मित्र राष्ट्र भारतबाट अत्यावश्यक औषधि उपलब्ध गराउनेदेखि खाना नपाएर अलपत्र परेका व्यक्तिहरूलाई भोजनको व्यवस्था, आवतजावतका लागि यातायात सहयोग तथा जोखिमपूर्ण अवस्थामा दिनरात खटेर सेवा पुर्‍याएको कार्य स्थानीयले स्मरण गरेका छन्।

यसका साथै दिनदुखी र असहाय व्यक्तिहरूलाई सहयोग, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि, नयाँ वर्ष र विभिन्न चाडपर्व—होलि, दशैं, तिहार लगायतका अवसरमा सामाजिक कार्यक्रम सञ्चालन गर्दै केन्द्रले सामुदायिक एकता सुदृढ बनाउन योगदान पुर्‍याउँदै आएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरी वातावरणीय रूपमा सुन्दर “वैभव वीरगञ्ज” निर्माण गर्ने अभियानमा समेत केन्द्र सक्रिय देखिएको छ।

उक्त सामाजिक तथा मानवीय कार्यको कदरस्वरूप अध्यक्ष खेतान राष्ट्रपति पुरस्कार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत विभिन्न संस्थाबाट सम्मानित भइसकेका छन्। प्राप्त सम्मानले आगामी दिनमा अझ उत्साहका साथ समाजसेवामा निरन्तर लागिरहने ऊर्जा मिलेको अध्यक्ष खेतानले बताए।
स्थानीयवासी तथा सरोकारवालाहरूले ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले गरेको सेवा र समर्पणलाई उदाहरणीय कार्यको रूपमा लिँदै यस्ता अभियानले नगरको वातावरणीय, सामाजिक तथा मानवीय विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...