कृषिमा विशेष जोड : किसानलाई आधुनिक प्रविधि र व्यवसायीक बनाउदै आम्दानी बढाउने जनमत पार्टीको योजना – सरार्फ

Date:

पर्सा पोस्ट, फागुन ०४ गते, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१४ पिप्रामा घरदैलो, भेटघाट तथा प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका छन्।

स्थानीय बासिन्दासँगको अन्तरक्रियामा सरार्फले तराई–मधेसको मुख्य आयस्रोत कृषि भएको उल्लेख गर्दै राज्यको नीतिगत उपेक्षा र विभेदका कारण किसानहरू मारमा परेको बताए। उनले जनमत पार्टी किसानको सम्मान, अधिकार र आर्थिक सशक्तीकरणका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनका अनुसार किसानलाई आधुनिक कृषि प्रविधि, सिँचाइ सुविधा, सहुलियत ऋण र बजार सुनिश्चिततासँग जोडेर व्यवसायिक बनाउनुपर्ने आवश्यकता रहेको छ। “किसानलाई परम्परागत खेतीबाट व्यवसायिक कृषि प्रणालीतर्फ लैजाने हो भने मात्र आम्दानी बढ्छ र युवाहरू पनि कृषिमा आकर्षित हुन्छन्,” उनले भने। किसानलाई प्रविधि, तालिम र बजार व्यवस्थापनमा सहयोग गर्दै आम्दानीका नयाँ स्रोत विस्तार गर्ने योजना जनमत पार्टीसँग रहेको उनले दाबी गरे।

सरार्फले वीरगञ्जस्थित कृषि औजार कारखानालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै त्यसले रोजगारी सिर्जना र कृषि उत्पादन वृद्धि दुवैमा टेवा पुग्ने बताए। उनले देश र मधेसको समृद्धिका लागि डा. सिके राउतको नेतृत्व तथा जनमत पार्टीको नीतिगत दृष्टिकोण महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा “हर्न” चुनाव चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग अपिल गरे।

यसैबीच वडा नम्बर–७ मा समर्थकहरूले वडा स्तरीय चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय पनि सञ्चालनमा ल्याएका छन्।

कार्यक्रममा स्थानीय नेताहरू विद्यालया प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, डा. मनोज कुमार, सिए देवराज, श्यामशंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सीराम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

सरार्फले विकास, कृषि आधुनिकीकरण, किसान सशक्तीकरण तथा मधेसको समग्र उत्थानलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...