चौरसियाप्रति जनआस्था बढदै -” शिक्षित , प्रविधिमैत्री नयाँ अनुहार अहिलेको आवस्यकता ” : स्थानीय

Date:

पर्सा पोस्ट, फागुन ०४ गते, वीरगञ्ज।

पर्सा क्षेत्र नम्बर–१ का मतदाताबीच परिवर्तनको चाहना झनै प्रष्ट बन्दै गएको छ। सुयोग्य, कर्मठ तथा शिक्षित युवा अनुहार CA अजय चौरसिया चुनावी अभियानमा सक्रिय बनेसँगै युवा वर्गदेखि सर्वसाधारणसम्म उत्साहको माहोल देखिन थालेको छ।

शिक्षा, रोजगारी, सुशासन र विकासलाई प्राथमिक मुद्दा बनाएर अघि बढिरहेका चौरसियाप्रति जनविश्वास दिनानुदिन बढ्दै गएको स्थानीयवासी बताउँछन्। विशेषगरी प्रविधिमैत्री सोच, स्पष्ट योजना र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने क्षमताका कारण उनलाई विकल्पको रूपमा हेरिन थालिएको उनीहरूको भनाइ छ।

वीरगञ्ज–८ गहवामा सम्पन्न घरदैलो कार्यक्रम अत्यन्त उत्साहजनक रह्यो। घर–घरमा पुगेका चौरसियालाई स्थानीयले आत्मीय स्वागत गर्दै खुलेर समर्थन जनाएका थिए। युवादेखि ज्येष्ठ नागरिकसम्मले “अब पुराना शैलीभन्दा नयाँ सोच भएका शिक्षित युवालाई अवसर दिनुपर्छ” भन्ने धारणा व्यक्त गरेका छन्।

स्थानीय मतदाता रामनारायण साहले भने, “अहिलेको समय प्रविधि र व्यवस्थापन बुझ्ने प्रतिनिधि चाहिएको छ। पढेलेखेका, सक्षम र इमानदार युवा सदनमा पुगे मात्रै विकास सम्भव हुन्छ।”

यस्तै अर्का स्थानीय युवाहरुले रोजगारी सिर्जना, पारदर्शिता र सेवा प्रवाह सुधारका लागि नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको बताएका छन्।

चौरसियाले घरदैलोका क्रममा शिक्षा सुधार, सीपमूलक तालिम, स्थानीयस्तरमै रोजगारी सिर्जना, डिजिटल सेवा विस्तार तथा पारदर्शी प्रशासनलाई आफ्नो प्राथमिकता रहेको बताएका थिए। उनले युवालाई विदेशिन बाध्य बनाउने अवस्था अन्त्य गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

जनताको साथ, सहयोग र सकारात्मक भावनाले चौरसियाको अभियान थप मजबुत बन्दै गएको छ। प्रारम्भिक चरणमै देखिएको व्यापक समर्थनले पर्सा–१ मा यसपटक नयाँ पुस्ताको नेतृत्व उदाउने संकेत देखिएको स्थानीय राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...