मन शान्ति नभए धन – सम्पत्तिको के अर्थ ? महाशिवरात्रि प्रवचनमा आध्यात्मिक चेतनामा जोड

Date:

पर्सा पोस्ट, फागुन ०२ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया स्थित ब्राह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा महाशिवरात्रि तथा ९०औँ त्रिमूर्ति शिव जयन्तीको पावन अवसरमा आयोजित विश्व शान्ति र एकताको महापर्व सम्बन्धी आध्यात्मिक प्रवचन तथा शिवध्वजारोहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार अनिल रुङ्टा सहभागी भएका छन्।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, वीरगञ्ज वडा नं. ४ का वडाध्यक्ष जगत साह कानु, क्षेत्र नं. १ का क्षेत्रीय उपसभापति अनिल सिंह, नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकार तथा सामाजिक अभियन्ता प्रकाश थारु लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङ्टाले महाशिवरात्रि जस्तो पावन पर्वले मानव समाजलाई सत्य, अहिंसा, प्रेम र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरणा दिने बताए। उनले विश्व शान्ति र सामाजिक एकता कायम गर्न आध्यात्मिक चेतनाको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे।

रुङ्टाले ब्राह्माकुमारी राजयोग सेवा केन्द्रले समाजमा नैतिकता, सद्भाव र सकारात्मक सोचको विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समुदायबीच आपसी समझदारी र भाइचाराको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। धर्म, संस्कार र परम्पराको संरक्षण गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको उनको धारणा थियो।

प्रवचनका क्रममा आध्यात्मिक वक्ताहरूले मनुष्यसँग जति धन–सम्पत्ति भए पनि मन शान्ति नभए त्यसको कुनै अर्थ नहुने बताए। आजको युग अत्यधिक भागदौड र प्रतिस्पर्धाको युग भएकाले मानिस पैसा र शक्तिको पछाडि दौडँदा पारिवारिक सुख, अमन–चैन तथा स्वास्थ्यसमेत प्रभावित भइरहेको उल्लेख गरिएको थियो।

उनीहरूले “ओम् शान्ति” को वास्तविक अर्थ मानिस स्वयं शान्त हुनु रहेको स्पष्ट पार्दै शिव, शंकर, भोले र महादेव एउटै परम चेतनाको प्रतीक भएको बताए। गलत सोच र व्यवहार त्याग्न, कसैलाई नराम्रो नबोल्न, सबैलाई माया, सहयोग र सम्मान गर्न तथा सम्पूर्ण मानव जाति एउटै परिवार भएको भावनाका साथ जीवनयापन गर्न आग्रह गरिएको थियो।

प्रवचनमा सबै प्राणीमा एउटै जीवन चेतना रहने र अन्ततः सबैले यो संसार छोड्नुपर्ने सत्यलाई आत्मसात् गरी सदाचार, करुणा र सेवा भाव अपनाउनुपर्ने सन्देश दिइएको थियो। कार्यक्रममा सहभागीहरूले आध्यात्मिक साधना र सकारात्मक सोचमार्फत व्यक्तिगत शान्ति तथा सामाजिक सद्भाव स्थापना गर्नुपर्नेमा जोड दिएका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...