मुर्लीमा रुङ्ग्टाको जनभेटघाटमा उत्साह – ” हाम्रो आशा र भरोसा हजुर ” भन्दै स्थानीय एजजुट

Date:

पर्सा पोस्ट, फागुन ०२ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका–१३ मुर्लीमा स्थानीयवासीहरू ठूलो संख्यामा भेला भई पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङ्टासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्। कार्यक्रममा सहभागी स्थानीयहरूले उम्मेदवार रुङ्टासँग खुलेर संवाद गर्दै “हाम्रो आशा र भरोसा नै हजुर हुनुहुन्छ” भन्दै आत्मीय समर्थन व्यक्त गरेका थिए। स्थानीयको उत्साह र सहभागिताले कार्यक्रमस्थल निकै उत्साहपूर्ण बनेको थियो।

घरदैलो तथा जनभेटघाट कार्यक्रममा रुङ्टा गाउँघरमै पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने नेताका रूपमा प्रस्तुत भएका थिए। स्थानीय बासिन्दाहरूले आफ्नो समस्या, आवश्यकता र अपेक्षाहरू प्रत्यक्ष रूपमा राख्न पाएको बताउँदै यसपटक आफ्ना माग सम्बोधन हुन सक्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले विकास, सेवा सुविधा र प्रतिनिधित्वका लागि रुङ्टालाई विजयी गराउने अभियानमा जुटेको बताएका छन्।
पर्सा क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका रुङ्टाको नेतृत्वलाई मुर्लीका युवाहरूले सकारात्मक परिवर्तनको आधारका रूपमा लिएका छन्। विशेषगरी युवा पुस्तामा देखिएको ऊर्जा र सक्रिय सहभागिताले रुङ्टा क्षेत्रको विकास र समृद्धिको प्रतीक बन्दै गएको स्थानीयको भनाइ छ। युवाहरूले उनलाई आफ्नो आवाज, प्रतिनिधि तथा भविष्यको नेतृत्वकर्ताका रूपमा स्वीकार गरेका बताएका छन्।

उम्मेदवार अनिल रुङ्टाले जनताको विश्वासलाई सबैभन्दा ठूलो शक्ति भएको बताउँदै पर्सा क्षेत्र नं. १ को समग्र विकासका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको धारणा व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए। जनतासँगको प्रत्यक्ष संवाद नै आफ्नो राजनीतिक यात्राको आधार भएको उल्लेख गर्दै उनले समृद्ध पर्सा निर्माणका लागि सबैको साथ आवश्यक रहेको बताए।

कार्यक्रममा जेन–जी युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रविधिमैत्री र परिवर्तनप्रति सचेत युवाहरूले विकास, पारदर्शिता र अवसर सिर्जनामा केन्द्रित नेतृत्वको आवश्यकता औंल्याउँदै रुङ्टालाई नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने उम्मेदवारका रूपमा चित्रित गरेका छन्। उनीहरूले आगामी निर्वाचनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएका छन्।

रुङ्टाले शिक्षा तथा स्वास्थ्य सेवा सुधार, सडक तथा पूर्वाधार विस्तार, रोजगारीका नयाँ अवसर सिर्जना र सामाजिक सद्भाव सुदृढीकरणलाई प्राथमिकतामा राख्दै पर्सा–१ लाई देशकै उदाहरणीय निर्वाचन क्षेत्र बनाउने संकल्प दोहोर्‍याए। जनताले दिएको भरोसाले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै उनले विकास र समृद्धिको नयाँ उचाइमा क्षेत्रलाई पुर्‍याउने अठोट व्यक्त गरे।

कार्यक्रममा सहभागी स्थानीय अगुवा तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा रुख छापमा मतदान गरी रुङ्टालाई विजयी गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए। घरदैलो अभियानमा देखिएको जनसहभागिता र आत्मीयताले पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको आधार थप मजबुत बन्दै गएको उनीहरूको भनाइ थियो।

उक्त कार्यक्रम वडा नं. १३ का बुथ सभापति कविर अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मो. ताज अन्सारी, नेपाली कांग्रेसका युवा नेता शेख रुस्तम, नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका नेता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...