पर्सा -१ मा घरदैलोमार्फत जनताको मन जित्दै अनिल रुङ्ग्टा , ” रुख छाप ” मा मतदानको आग्रह – विजयी हुने दाबी बलियो

Date:

पर्सा पोस्ट, माघ २६ गते ।
पर्सा क्षेत्र नं. १ का कर्मठ, योग्य तथा समाजसेवी उम्मेदवार एवं नेपाली कांग्रेसका नेता अनिल रुङ्टाको नेतृत्वमा वीरगञ्ज महानगरपालिका अन्तर्गत श्रीपुर र मुर्ली क्षेत्रमा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

घरदैलो कार्यक्रममा उम्मेदवार रुङ्टाले घर–घर पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, गुनासा र अपेक्षाहरू सुनेका थिए। उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सरसफाइ तथा रोजगारी सिर्जना लगायत क्षेत्रका विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। रुङ्टाले आफू जनताको प्रतिनिधि बनेपछि जनताकै बीचमा रहेर सेवा गर्ने बताउँदै पर्सा–१ को समग्र विकासका लागि स्पष्ट योजना अघि सारेका थिए।

कार्यक्रमका क्रममा स्थानीय जनता, नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा रुख छापमा मतदान गरी अनिल रुङ्टालाई विजयी बनाउन आग्रह गरेका थिए। घरदैलोमा देखिएको उत्साहजनक सहभागिता, समर्थन र विश्वासले रुङ्टा पर्सा क्षेत्र नं. १ बाट विजयी हुने पक्का हुँदै गएको सहभागीहरूको भनाइ थियो।

“सुझबुझको आवाज” भन्ने नारासहित अघि बढेका रुङ्टाले जनताको वास्तविक समस्या बुझ्दै समाधानमुखी राजनीति गर्ने प्रतिबद्धता दोहोर्याए। स्थानीयवासीहरूले पनि विगतका अनुभवभन्दा फरक ढंगले जनताको घरदैलोमै पुगेर संवाद गर्ने उम्मेदवारप्रति विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ, तरुण दलका नेता, वरिष्ठ नेताहरू, कार्यकर्ताहरू तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

घरदैलो कार्यक्रममा देखिएको जनलहर र सक्रिय सहभागिताले पर्सा–१ मा अनिल रुङ्टा जनताको साथ र समर्थन बटुल्दै चुनावी प्रतिस्पर्धामा मजबुत अवस्थामा पुगेको स्थानीय विश्लेषकहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...