इनरुवामा हरि पन्तको घरदैलोमा भिड उर्लियो , सयौं स्थानीय रास्वपामा प्रवेश

Date:

पर्सा पोस्ट, माघ २६ गते, वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले गरेको इनरुवाको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको छ। आइतबार पन्तले इनरुवामा आयोजना गरेको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले खानेपानी, सडक, सरसफाइ लगायतका आफ्ना विभिन्न समस्या उम्मेदवार पन्तसमक्ष राखेका थिए। घरदैलो अघि इनरुवामा आयोजित कोणसभामा पनि उत्साहजनक सहभागिता देखिएको थियो।
कोणसभामा सयौं इनरुवाबासी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। कार्यक्रम विजय साहको सभापतित्वमा सम्पन्न भएको थियो। सभाले विजय साहको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको जनाएको छ।

समितिको उपाध्यक्षमा राजु प्रसाद यादव, सचिवमा सन्तोष पटेल तथा सह–सचिवमा अजय कुमार महतो र पृतम कुमार महतो चयन भएका छन्। सदस्यहरूमा जटा शंकर पण्डित, रोमन पटेल, मोहन यादव, वीरेन्द्र प्रसाद यादव, अबेश राम, सद्दाम हुसेन, रञ्जित यादव, विजय होदा बनियाँ, दिलीप यादव, रामसुरै महतो, स्माइल मियाँ, अरुण यादव, राजन यादव, नितेश बनियाँ, शिवनाथ प्रसाद यादव, झोटी यादव, मोहन पटेल, सिकन्दर महतो, दिनेश साह, पर्मा यादव र रामायण दास रहेका छन्।

विजय साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन्तोष पटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण अमन आलमले गरेका थिए। कार्यक्रममा सो वडाका सभापति रमेश चौरसिया लगायत स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...