सवारी दुर्घटना न्यूनीकरणका लागि रामगढवामा जनजागरण कार्यक्रम , सचेतना बोर्ड जडान

Date:

पर्सा पोस्ट | पौष २३ गते | बिरगंज
सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले रामगढवा एकता युवा क्लब र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा जनजागरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ट्राफिक प्रहरी निरीक्षक युवराज कटवालको विशेष आतिथ्यमा तथा रामगढवा एकता युवा क्लबका कोषाध्यक्ष शिवराज पटेलको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमअन्तर्गत आइसिपीस्थित व्यस्त सडक खण्डमा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक सचेतना सम्बन्धी सूचना बोर्ड जडान गरिएको छ। उक्त बोर्डले सवारी चालक तथा सर्वसाधारणलाई ट्राफिक नियम पालन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी निरीक्षक युवराज कटवालले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कडाइका साथ पालना, हेलमेट र सिटबेल्टको प्रयोग, गति नियन्त्रण तथा निरन्तर जनचेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याए। समुदायस्तरबाट हुने यस्ता पहलहरूले दुर्घटना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने उनले उल्लेख गरे।
कार्यक्रममा रामगढवा एकता युवा क्लबका सदस्यहरू सर्वण पटेल, अन्नु पटेल, नितेश पटेल, अरविन्द पटेल, धिरज पटेललगायतको उपस्थिति रहेको थियो। साथै एलाईड युथ सोसाइटीका अध्यक्ष ओम झा तथा सम्बन्धित संस्थाका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।
आयोजकहरूले आगामी दिनमा पनि सवारी सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...