बिरगंजमा सामुदायिक कुकुरका लागि कपडा बैंकको मानवीय पहल , चोसोबाट जोगाउन चकटी र पराल वितरण

Date:

पर्सा पोस्ट , पौष १५ गते , बिरगंज ।
बिरगंज कपडा बैंकले सुमार्ग बिन्दु आमा प्रतिष्ठानको सहयोगमा आज बिरगंजको जेलचौकस्थित खोरमा रहेका सामुदायिक कुकुरहरूका लागि पराल बिछाई कपडाबाट बनाइएका चकटी (सानो बिस्तरा) ओछ्याउँदै सेवा–सहयोग गरेको छ।

बिरगंजमा केही दिनयता बढेको अत्याधिक चिसोका कारण बाहिर रहेका जनावर, विशेषगरी सामुदायिक कुकुरहरू प्रभावित भइरहेका बेला मानवीय संवेदनशीलता र मानवताको पहिचान झल्किने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरिएको हो।

कार्यक्रममा बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सदस्य तथा युवा समाजसेवी नवराज भट्टराई, अभिलाष गुप्ता, सुमार्ग बिन्दु आमा फाउन्डेसनका सल्लाहकार तथा समाजसेवी मार्टिन मोक्तान, राजु चिया पसलका सञ्चालक राजु साह तुराहा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कपडा बैंकमा संकलन भएका काम नलाग्ने रद्दी तथा खराब कपडालाई पुनः प्रयोग गर्दै २×२ फिटका आठ थान चकटी तयार गरी आज वितरण गरिएको बिरगंज कपडा बैंकले जनाएको छ। यस पहलले चिसो मौसममा सामुदायिक कुकुरहरूलाई केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ।

बिरगंज कपडा बैंकले आगामी दिनहरूमा पनि मानवसँगै पशु–पक्षीप्रति करुणा र सहकार्यको भावना सहित यस्ता सेवामूलक गतिविधि निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...