मन्सा क्यालकी छोरीको जन्मदिन आमाको माया छात्रावासमा , विद्यार्थीलाई भोजन बितरण

Date:

पर्सा पोस्ट, पुष १२ गते, बिरगंज ।
बिरगंजका समाजसेवी तथा व्यापारी मन्सा क्यालले आफ्नी छोरीको जन्मदिनको अवसर पारेर शनिबार आमाको माया छात्रावासमा रहेका विद्यार्थीहरूलाई भोजन गराएका छन्। जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै क्यालले छात्रावासमा रहेका बालबालिकासँग खुसी साटासाट गर्दै भोजन वितरण गरेका हुन्।

कार्यक्रममा क्यालले छोरीको जन्मदिन यसरी समाजसेवामूलक कार्यमार्फत मनाउन पाउँदा अत्यन्तै खुसी लागेको बताए। आमाको माया छात्रावासमा आश्रित विद्यार्थीहरूलाई मिठा परिकार खुवाएर उनीहरूसँग समय बिताउन पाउनु आफ्नो लागि भावनात्मक र सन्तोषजनक अनुभव भएको उनको भनाइ थियो।

क्यालले वीरगञ्जका अन्य व्यापारी, उद्योगी तथा मनका धनी व्यक्तिहरूलाई पनि आफ्नो जन्मदिन, वैवाहिक वर्षगाँठ जस्ता खुशीका अवसरहरू यस्तै सामाजिक संस्थामा मनाउन आग्रह गरे। उनले वीरगञ्जमा धेरै मनकारी समाजसेवीहरू रहेको उल्लेख गर्दै समय–समयमा आमाको माया छात्रावासमा रहेका विद्यार्थीहरूलाई खाना, न्यानो कपडा तथा अन्य आवश्यक सामग्री वितरण गर्न सुझाव दिए।

कार्यक्रमको क्रममा क्यालले अन्य स्थानमा अनावश्यक खर्च गर्नुभन्दा यस्ता आश्रयस्थलमा सहयोग गर्दा त्यसको प्रतिफल धेरै हुने उल्लेख गरे। “यसरी जन्मोत्सव मनाउँदा आत्मसन्तुष्टि मिल्छ र समाजमा सकारात्मक सन्देश पनि जान्छ,” उनले भने।
उक्त कार्यक्रममा छात्रावास प्रशासनले समेत क्याल परिवारप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले बालबालिकाको मनोबल बढ्ने र समाजमा सहयोगको संस्कार विकास हुने विश्वास व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...