प्याब्सन टि-१० क्रिक्रेट : ११ पुषमा पाँच खेल सम्पन्न ,लिटिल फ्लावर , अल्पाईन , साउथ जोन , माउन्ट मकालु र ब्लु हेभन बिजयी

Date:

पर्सा पोस्ट , पुष ११ गते , बिरगंज । निजि तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत ११ पुसमा पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै दर्शकको मन जितेका थिए।

# बोयजतर्फको पहिलो खेलमा लिटल फ्लावर स्कूलले फुर्कान स्कुललाई ५ विकेटले पराजित गरेको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका अमन यादव म्यान अफ द म्याच घोषित भए।

# गर्ल्सतर्फको दोस्रो खेलमा अल्पाइन सेकेन्डरी स्कुलले ज्ञान वाटिका सेकेन्डरी स्कुललाई ८ विकेटले हराउँदै प्रभावशाली जित हात पार्‍यो। यस खेलकी म्यान अफ द म्याच रिया यादव बनिन्।

# तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले जीवन ज्योति सेकेन्डरी स्कुललाई ७ विकेटले पराजित गरेको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितेश पटेल म्यान अफ द म्याच घोषित भए।

# त्यसैगरी चौथो खेल (गर्ल्स) मा माउन्ट मकालु सेकेन्डरी स्कुलले लिटल एन्जल सेकेन्डरी स्कुललाई ३ विकेटले पराजित गर्‍यो। यस खेलकी म्यान अफ द म्याच अनु यादव घोषित भइन्।

# दिनको अन्तिम खेल (बोयज) मा ब्लु हेभेन सेकेन्डरी स्कुलले एसआर ग्यालेक्सी एकेडेमीलाई २५ रनले पराजित गरेको छ। उत्कृष्ट प्रदर्शनका लागि पृथ्वी पटेल म्यान अफ द म्याच बने।

आयोजक समितिका अनुसार प्रतियोगिताको ११औँ दिन शनिबार पनि पाँच खेल सञ्चालन हुने बताए । पहिलो खेल गर्ल्सतर्फ बिकोन र नवदीपबीच, दोस्रो खेल बोयजतर्फ सूर्योदय र मनकामनाबीच, तेस्रो खेल गर्ल्सतर्फ लिटल फ्लावर र माउन्ट एडमन्डबीच, चौथो खेल बोयजतर्फ ज्ञान वाटिका र साउथ जोनबीच तथा पाँचौँ खेल गर्ल्सतर्फ चिल्ड्रेन वर्ल्ड र ओम नेशनलबीच हुने छ।

आयोजकका अनुसार यस प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको क्रिकेट प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...