बिरगंज महानगरद्वारा सहकारी सस्था लि.मा अनुगमन सुरु

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिकाको बजार अनुगमन तथा बजार व्यवस्थापन समितिले मंगलवार देखि बिरगंज महानगर भित्र दर्ता रहेका बचत तथा ऋण सहकारी सस्था लि. मा  तिब्र रुपमा अनुगमन सुरु गरेको छ ।

बचतकर्ताहरुको बचत रकम लिई यस्ता धेरै सहकारी सस्था भाग्ने गरेको उजुरीको आधारमा महानगरको ध्यानाकर्षण भएको र यसलाई निरन्तरता दिने सहकारी रोजगार प्रबर्द्धन तथा उधमशिलता बिकास शाखाका प्रमुख सुनिल कुमार कर्णले बताए ।

मंगलबार  सन्युक्त अनुगमन टोलिले बिरगंजमा रहेका ३ सहकारी सस्थामा अनुगमन गरेको थियो ।

बिरगंज महानगर पालिका वडा न. ५ स्थित श्रमजिबि बचत तथा ऋण सहकारी सस्था लि. मा अनुगमन टोलिद्वारा अनुगमनको क्रममा यस सस्थाको जाचबुझ गर्दा सस्था दर्ता प्रमाणपत्र बाहेक अन्य कागजात पेश नगरेको हुदा बाकी सम्पुर्ण कागजात सातदिन भित्र बिरगंज महानगर पालिकाको सहकारी शाखामा बुझाउन निर्देशन दिएको थियो ।

त्यसैगरि सो वडा न.५ मा रहेको सिटिजन बचत तथा ऋण सहकारी सस्था लि.मा अनुगमन गर्ने क्रममा कागजात जाचबुझ गर्दा व्यवसाय प्रमाणपत्र रहेको तर नवीकरण २०७५ सालसम्म मात्र गरेको भेटिएको र यो सस्था कार्य क्षेत्र भन्दा बाहिर रहेको देखिएकोले कार्यक्षेत्र थप भए , नभएको प्रमाण एकहप्ता भित्र पेश गर्न र नवीकरण समेत गर्न निर्देशन दिईएको थियो ।

वडा न.४ स्थित बिरगंज उद्योग बाणिज्य संघ कार्यालयको परिषरमा हितैषि बचत तथा ऋण सहकारी सस्था लि. मा पनि अनुगमन गर्ने क्रममा व्यवसाय प्रमाणपत्र नदेखिएको हुनाले उक्त प्रमाणपत्र ७ दिनभित्र बिरगंज महानगरको सहकारी शाखामा बुझाउन निर्देशन समेत दिएको बताए ।

अनुगमन गर्ने क्रममा सबै सहकारी सस्थामा चरम लापरबाही देखिएको , कागजात माग्दा आफुलाई जानकारी नभएको , स्टाप नभएको , सस्था सम्बन्धि ऎन नियम समेत जानकारी नभएको र नपालना गरेको र अफिसको अवस्था दैनिय र व्यवस्थित नभएको एक कर्मचारीको भरमा कार्यालय छोडेर हिडेको , फोनमा अनुगमन गर्न आएको भन्दा बिरगंज बाहिर रहेको जवाफ दिएको र असहयोग गरेकोले त्यस्ता लापरबाही र असहयोग गर्ने सहकारी सस्थालाई तुरुन्तै कार्वाही हुनु पर्ने आवस्यक रहेको नत्र बचत कर्ताको रकम लिएर भाग्ने क्रम अझ बढने देखिन्छ ।

समयमा नै बचतकर्तालाई , सदस्यहरुलाई र व्यवसाय गर्ने सस्थाहरुलाई बेलैमा आफ्नो बचत गर्ने सस्थाको बेला बेलामा हरहिसाब र अवस्थाबारे जानकारी लिन समेत आग्रह गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...