बार डे -२०८२ : न्याय , संविधान र मानव अधिकारको पक्षमा बिरगंजमा प्रभातफेरी सम्पन्न

Date:

पर्सा पोस्ट , पुस ७ गते , बिरगंज ।
न्याय, संविधान र मानव अधिकारको पक्षमा नेपाल बारको अभियान अन्तर्गत बार डे–२०८२ को अवसरमा आज बिहान वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

उच्च अदालत बार एसोसिएसन वीरगञ्ज तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न प्रभातफेरी वीरगञ्जको घण्टाघर चोकबाट सुरु भई वीरगञ्ज बजार परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर सम्पन्न भएको थियो।

ब्यानर तथा हातमा प्लेकार्ड बोकेर निकालिएको प्रभातफेरी बिहान ७ बजे सुरु भएको थियो। कार्यक्रममा कानून व्यवसायी, कानून अध्ययनरत विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रभातफेरीपछि आयोजित कोण सभा कार्यक्रममा उच्च अदालत बार एसोसिएसन वीरगञ्जका अध्यक्ष शैलेन्द्र वर्माको अध्यक्षता रहेको थियो। कार्यक्रममा उच्च अदालत बार एसोसिएसन वीरगञ्जका सचिव प्रज्वलन अधिकारी, नेपाल बार एसोसिएशनका निवर्तमान उपाध्यक्ष सुधीर कर्ण तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा वीरगञ्ज स्कुल अफ ल मा अध्ययनरत बी.ए.एल.एल.बी. तहका विद्यार्थीहरूको समेत भव्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उच्च अदालत बार एसोसिएसन वीरगञ्जका कार्यसमिति सदस्य चन्द्रिका प्रसाद पटेलले गरेका थिए।
कार्यक्रममा विशिष्ट अतिथि सुधीर कर्ण र रामनारायण कुर्मीले बार डे–२०८२ को अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै कानूनको शासन, स्वतन्त्र न्यायपालिका तथा मानव अधिकार संरक्षणमा नेपाल बारको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...