भारतको कालिपुङमा सनराईज तेक्वान्दो डोजाङ्गका खेलाडीको शानदार प्रदर्शन , तीन स्वर्ण सहित एक कास्य पदक जित

Date:

पर्सा पोस्ट, पुष ०६ गते, बिरगंज ।
भारतको कालीपुङमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बिरगंजस्थित सनराइज तेक्वान्दो डोजाङ्गका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।

प्रतियोगितामा सहभागी चार जना खेलाडी मध्ये तीन जनाले स्वर्ण पदक जित्न सफल भएका छन् भने एक खेलाडीले तृतीय स्थान हासिल गर्दै काँस्य पदक प्राप्त गरेका छन्।

स्वर्ण पदक जित्ने खेलाडीहरूमा स्वयम मान रञ्जितकार, स्वास्तिक श्रेष्ठ र सिवान्स गुप्ता रहेका छन्। उनीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाल र बिरगंजको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सफल भएका हुन्।

प्रतियोगिताको समापन समारोहमा भारत तेक्वान्दो फेडेरेसनका जनरल सचिवले खेलाडीहरूलाई स्वर्ण पदक तथा प्रमाणपत्र प्रदान गर्दै उनीहरूको उत्साह र मनोबल उच्च राख्न विशेष शुभकामना व्यक्त गरेका थिए।

सनराइज तेक्वान्दो डोजाङ्गका प्रशिक्षक प्रमुख राजेन्द्र साहीले प्रतियोगितामा सहभागी भई पदक जित्ने खेलाडीहरूलाई बधाई दिँदै खेलकुद मार्फत नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान र सम्मान बढाइरहेको बताए। उनले आगामी दिनमा खेलकुद र खेलाडीहरूको थप विकासका लागि केन्द्रिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले अझ प्रभावकारी सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।

यस सफलताले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ राम्रो प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...