बिरगंज बसपार्कबाट गम्भीर अवस्थामा गोबिन्द मगरको उद्वार , मानवसेवा आश्रमद्वारा उपचार गर्दै

Date:

पर्सा पोस्ट, मंसिर १५ गते, बिरगंज ।
बिरगंज बसपार्क परिसरबाट अत्यन्तै कष्टपूर्ण अवस्थाका एक पुरुषको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ । देब्रे आँखा र कानमा पुरै घाउ लागेर किराले भरिएको अवस्थामा भेटिएका अन्दाजी ५० वर्षीय गोबिन्द मगर भनेर परिचय दिएका ती व्यक्तिलाई बिरगंज मानव सेवा आश्रमले हिजो राति उद्धार गरेको हो ।

उद्धारपछि सोमबार बिहान नारायणी अस्पतालमा प्रारम्भिक उपचार तथा सामान्य ड्रेसिङ गरिएको थियो । त्यहाँबाट थप उपचार आवश्यक रहेको भन्दै आश्रमले उनलाई दृष्टि आँखा अस्पताल लगेको र आँखाको घाउ सफा गरेपछि प्राइभेट अस्पतालमा राख्नु पर्ने भनिएपछि नेशनल मेडिकल कलेज (NMC) मा भर्ना गराएको आश्रमले जनाएको छ । हाल मगरको उपचार त्यहीँ जारी छ ।

उपचारको क्रममा ती व्यक्तिले असह्य पीडा सहन नसकेकै कारण “बरु मलाई बिष देउ, धेरै गाह्रो भयो” भन्दै रोइकराइ गरेको आश्रमले जनाएको छ । “हामीले आफ्नो तर्फबाट सक्दो सहयोग र उपचारको व्यवस्था गरिरहेका छौँ । उहाँको अवस्था निकै पीडादायी छ, उहाँले भोगिरहेको यातना शब्दमा बयान गर्न कठिन छ,” आश्रमले बताएको छ ।

स्थानीयवासी तथा सुरक्षाकर्मीका अनुसार ती पुरुष लगभग ५–७ दिन अघि मात्र बिरगंज बसपार्क क्षेत्रमा देखिन थालेका थिए । बोलचाल गर्न कठिन भए पनि सोधपुछ गरिएको क्रममा उनले नाम– गोबिन्द मगर, घर– (पुरा ठेगाना अझै पत्ता छैन), बुबा– मोम बहादुर, दाइ–भाइ– बिष्णु मगर भएको बताएका छन् ।

आश्रमले परिवार तथा घर–ठेगाना खोजी गर्न सबैलाई सहयोगको आग्रह गरेको छ । उपचार तथा उद्धारमा सहकार्य गर्ने आश्रयका अभिभावक प्रकाश थारु, नारायणी अस्पतालका मेसु डा.चितरंजन शाह, नारायणी अस्पतालका कर्मचारी हरि गुप्ता, दृष्टि आँखा अस्पताल परिवार तथा NMC का जितेश दास लगायत सबैलाई आश्रमले धन्यवाद व्यक्त गरेको छ ।

मानव सेवा आश्रमले सडक, असहाय, बिरामी तथा बेवारिसे नागरिकको संरक्षण र उपचारमा निरन्तर सेवा दिँदै आएको छ र यस घटनाले आश्रमले गर्दै आएको सेवाको संवेदनशीलता र महत्व पुनः उजागर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...