मनिष फुड्स सप्लायर्सको गोदाममा छापा -१५० क्यारेट अवैध भारतीय केरा बरामद

Date:

पर्सा पोस्ट, मंसिर १३ गते, बीरगञ्ज । स्थानीय सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१५, भिस्वा स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल जाने मार्ग नजिक रहेको मनिष फुड्स सप्लायर्सको केरा गोदाममा बिहीबार राति छापा मारी अवैध रूपमा भण्डारण गरिएको भारतीय मूलका १५० क्यारेट केरा बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा गरिएको उक्त कारबाही अन्तर्गत गोदामभित्र ठूलो मात्रामा भारतबाट गैरकानुनी तरिकाले भित्र्याइएका केराहरू फेला परेको सीमा सुरक्षातर्फबाट जानकारी दिइएको छ। बरामद गरिएका केराहरू आवश्यक भन्सार प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको भन्सार स्रोतले जनाएको छ।

सुरक्षा निकायका अनुसार सीमा क्षेत्र हुँदै खाद्य तथा तरकारीजन्य वस्तुको तस्करी लगातार बढ्दै गएपछि कडाइका साथ अनुगमन अभियान अघि बढाइएको छ। अवैध तरकारी तथा फलफूल भित्र्याइँदा बजार व्यवस्थापन अस्तव्यस्त हुनुका साथै आयात–निर्यात नीतिमा नकारात्मक असर परिरहेको बताइएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यससँगै आगामी दिनमा यस्ता अवैध क्रियाकलाप नियन्त्रण तथा रोकथामका लागि संयुक्त अनुगमनलाई अझ सशक्त बनाइने भन्सार र सुरक्षा स्रोतको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...