मानव सेवामा प्रहरी : बिरगंजका प्रहरी निरीक्षकहरुद्वारा मानवसेवा आश्रमका आम- बुवालाई भोजन बितरण

Date:

पर्सा पोस्ट, कार्तिक २३ गते, बिरगंज । समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ पर्सा जिल्लाका विभिन्न प्रहरी निरीक्षकहरूले आज मानवसेवा आश्रम, बीरगंजमा आश्रित आमा–बुबाहरूलाई बिहानको भोजन खुवाउँदै मानवीय सेवाको प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।

उक्त सहयोगात्मक कार्यक्रम वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वरिष्ठ प्रहरी निरीक्षक गुननिधि खकुरेल, र श्रीपुर वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन थापा मगर लगायतका सुरक्षाकर्मीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, मुना मगर लगायतका सामाजिक अभियन्ताहरूको उपस्थितिमा आश्रममा आश्रित आमा–बुबाहरुलाई प्रेमपूर्वक खाना खुवाइयो।

सामाजिक कार्यमा प्रहरीको यो सहभागिता निकै सराहनीय रहेको भन्दै सहभागीहरूले प्रहरी केवल अपराध नियन्त्रणमै सीमित नभई मानवीय कल्याणका कार्यमा पनि उदाहरण प्रस्तुत गरिरहेको बताएका छन्।
स्थानीय नागरिकहरूले यस्ता मानवीय गतिविधिहरूले प्रहरी र समुदायबीचको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...