नेशनल मेडिकल कलेजमा ” Charitable Cultural Fest & Award Affiliation Ceremony ” सम्पन्न

Date:

पर्सा पोस्ट, असोज ०७ गते, बिरगंज ।  नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा “Charitable Cultural Fest & Award Affiliation Ceremony” भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य चिकित्सा शिक्षा मात्र नभई समाजसेवा, सिर्जनात्मकता र नेतृत्वतालाई प्रोत्साहन गर्ने रहेको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा मुख्य अतिथिका रूपमा प्रा.डा. जैनुदिन अन्सारी, अध्यक्ष नेशनल मेडिकल कलेज र विशिष्ट अतिथिका रूपमा शहनवाज अन्सारी, प्रबन्ध निर्देशक  नेशनल मेडिकल कलेजको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्षता प्रा.डा. के. एन. सिंह, प्रिन्सिपल  नेशनल मेडिकल कलेजले गर्नुभएको थियो।

यस अवसरमा शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यास्मिन, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ निर्देशक आबिद हुसेन अन्सारी, नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीका अध्यक्ष तथा उप-प्रिन्सिपल डा. रबीशंकर गुप्ता, नर्सिङ निर्देशक, उप-प्रिन्सिपल नर्सिङ, विभिन्न संकायका प्राध्यापक, विद्यार्थी र प्रशासनिक अधिकृतहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत नृत्य, भाषण, विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुति, च्यारिटेबल सोसाइटी तथा नेपाल हेल्थ कोर्प्सको वार्षिक प्रतिवेदन प्रस्तुति, पुरस्कार वितरण तथा चेक हस्तान्तरण जस्ता आकर्षक गतिविधिहरू सम्पन्न भए।

आयोजक समितिको भनाइअनुसार कार्यक्रममा उत्कृष्टता पहिचान, नेतृत्व विकास, सिनियर–जुनियरबीचको सम्बन्ध मजबुत बनाउने, सामाजिक उत्तरदायित्वप्रति जागरुकता बढाउने र विद्यार्थीलाई आत्मविश्वासी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीले विगतदेखि नै निःशुल्क स्वास्थ्य परीक्षण शिविर, बृक्षारोपण, रक्तदान, कपडा वितरण, जनचेतना कार्यक्रम, खेलकुद र सांस्कृतिक गतिविधि, तथा विभिन्न सामाजिक सेवामूलक कार्य गर्दै आएको छ। कलेजले यस्ता कार्यक्रममार्फत “Beyond Medicine, Towards Humanity” को सन्देशलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...