पर्सा पोस्ट, असोज ६ गते, बिरगंज। मानवसेवा आश्रम बिरगंज शाखाले सोमबार दिउँसो एक जना अन्दाजी ३५ वर्षीय पुरुषलाई उद्धार गरी आश्रममा ल्याएको छ। ती पुरुषले आफ्नो नाम–थर प्रष्ट बताउन नसक्ने अवस्थामा पर्सा जिल्ला, बिरगंज महानगरपालिका–१४ चिनिमिल आवासक्षेत्र, पर्यटन विकास कार्यालय अगाडिबाट दिउँसो करिब २:४५ बजे उद्धार गरिएको हो।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, आश्रम अभिभावक परिवार संयोजक एवं बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, आश्रमका केन्द्रीय सदस्य बिबेक महतो, प्रहरी चौकी गण्डकका प्रहरी हवल्दार लाल बाबु प्रसाद कुशवाहा लगायत स्वयंसेवकहरू दिपान्सु पटेल, सरोज बि.क. र दिपेन्द्र चौधरीको सक्रियता रहेको थियो।
आश्रममा ल्याएपछि ती पुरुषलाई सरसफाइ गरी नुहाइ–धुहाइ गराइएको छ। अब उनको स्वास्थ्य परीक्षण तथा औषधोपचार आश्रमका चिकित्सक डा. भरत गोईको निगरानीमा गरिने आश्रमले जनाएको छ।