पिक्स लेन्सद्वारा नव दुर्गा पूजा सेवा समितिलाई टि – शर्ट सहयोग

Date:

पर्सा पोस्ट, असोज ६ गते, बिरगंज । दशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा पर्सा जिल्ला, बिरगंजस्थित पिक्स लेन्सले नव दुर्गा पूजा सेवा समितिलाई ३५ वटा टि–शर्ट सहयोग गरेको छ। समितिका पदाधिकारीहरूलाई एक विशेष कार्यक्रममार्फत उक्त टि–शर्ट हस्तान्तरण गरिएको हो।

यस अवसरमा आयोजित भव्य कलश यात्रामा ५०० भन्दा बढी भक्तजनहरूको सहभागिता रहेको थियो। भक्तजनहरूले घटस्थापनाको दिन बिहानै दुर्गा माताको जयघोष गर्दै नगर परिक्रमा गरेका थिए। समितिले यस वर्ष पनि आफ्नो क्षेत्रमै दुर्गा माताको मूर्ति स्थापना गरी सर्वसाधारणलाई निःशुल्क पूजा–अर्चना तथा सेवा प्रदान गरिरहेको छ।

समितिका पदाधिकारीहरूले पिक्स लेन्सलाई प्रदान गरिएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस्ता सहकार्यहरूले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

पिक्स लेन्सका सञ्चालक सौरभ अग्रवालले दशैंको समयमा समितिको सम्पूर्ण कार्यक्रमहरूमा निःशुल्क फोटोग्राफी तथा भिडियो ग्राफी सेवा प्रदान गर्ने घोषणा गरेका छन्। उनले यसलाई समाजसेवा र सांस्कृतिक संरक्षणप्रतिको आफ्नो योगदानका रूपमा लिएका छन्।

यस वर्षको दशैं विशेष कार्यक्रम नगवा दुर्गा पूजा समितिद्वारा मनाइनेछ। समितिले भक्तजनहरूलाई शान्ति, सद्भाव र सामाजिक एकताको सन्देशसहित दसैं पर्वलाई भव्य र सभ्य बनाउन प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...