प्याब्सन पर्साद्वारा पुर्व – प्राथमिक शिक्षक – शिक्षिकामुखि कार्यशाला तालिम सम्पन्न

Date:

पर्सा पोस्ट, भदौ १४ गते, बिरगंज । प्याब्सन पर्साको आयोजनामा एवं ओ.आई. पब्लिकेसनको सहकार्यमा वीरगञ्जस्थित मकालु होटलमा पूर्व–प्राथमिक तहका शिक्षक–शिक्षिकामुखी दुई दिने कार्यशाला तालिम सम्पन्न भएको छ।

भदौ १३ र १४ गतेसम्म चलेको उक्त तालिममा प्याब्सनमा आबद्ध ५३ विद्यालयमध्ये ३१ वटा विद्यालयका १६३ जना शिक्षक–शिक्षिकाले सहभागिता जनाएका थिए।

समापन सत्रमा कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीले गरेका थिए। सो अवसरमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, महानगर अध्यक्ष राहुल श्रीवास्तव, वरिष्ठ उपाध्यक्ष सुशीला साह, सल्लाहकार इमामुद्दिन अहमद, सह–सचिव राम बाबु प्रसाद, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, कोषाध्यक्ष प्रबिन चौधरी, सन्नी पाख्रीन लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन प्याब्सन पर्साका जिल्ला सचिव अशोक सङ्रौलाले गरेका थिए भने तालिम प्रशिक्षक सुशिला श्रेष्ठ र तालिम संयोजक मनिषा सुनुवार श्रेष्ठले तालिमलाई प्रभावकारी बनाएका थिए।

आयोजकका अनुसार यस तालिमले पूर्व–प्राथमिक तहका शिक्षक–शिक्षिकालाई सिकाइ–सन्देशलाई खेलकुद, सिर्जनात्मकता र नवीन विधि–प्रविधिबाट अझ प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास लिइएको छ।

“Let all the private and boarding schools be united” भन्ने नारासहित निजी तथा आवासीय विद्यालय संगठन नेपाल (PABSON–PARSA) ले बालबालिकाको आधारभूत शिक्षामा गुणस्तरीयता र नवीन प्रयोगलाई अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम सम्पन्न गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...