रुबि साह हत्या आरोपित पासवानको उपचारकै क्रममा मृत्यु

Date:

पर्सा पोस्ट , भदौ ११ गते रौतहट। रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको बुधबार साँझ मृत्यु भएको छ ।

प्रहरीका अनुसार पासवानले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । उनलाई गम्भीर अवस्थामा कीर्तिपुरस्थित बर्न अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ५:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले पुष्टि गरेको छ ।

शनिबार साँझ गौरस्थित ‘रुबी ब्युटी पार्लर’ जाने तयारीमा घरबाट निस्किएकी रुबी आइतबार भारतको मुजफ्फरपुरस्थित घर फर्कनु अघि अनुहारमा फेसियल गर्न पार्लर गएकी थिइन् । पार्लरबाट फर्किएपछि लक्ष्मणले आफ्नै डेरामा बोलाएर उनको घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा खुलेको छ ।

सोही राति करिब १० बजे गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट नजिक बेवारिसे सुटकेस भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहानपख सुटकेस खोलेर हेर्दा रुबीको शव फेला परेको थियो ।

हत्या गरेर फरार भएका लक्ष्मण केही दिनसम्म भारततर्फ र गाउँवरपर लुकेर बसेका थिए । बुधबार बिहान माधोपुर गाउँनजिकै मट्टितेल खन्याएर आत्महत्या गर्न खोजेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यही दिन प्रहरीको टोलीले गम्भीर अवस्थामा उनलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो ।

आफैंलाई आगो लगाउनुअघि लक्ष्मणले करिब ९ मिनेट लामो भिडियो समेत खिचेका थिए । सो भिडियोमा उनले रुबीको हत्या गरेको स्वीकार गर्दै आफ्नो जीवनमा ठूलो अपराध गरेको र अब बाँचे पनि सजाय भोग्नुपर्ने भन्दै निराशा व्यक्त गरेका थिए ।

स्कूल पढ्ने समयदेखि नै रुबीसँग प्रेम सम्बन्ध रहेको स्वीकार गर्दै उनले भिडियोमै रुबीलाई घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...