बिरगंजमा राहत शिक्षक विषयक विचार गोष्ठी सम्पन्न

Date:

पर्सा पोस्ट, भदौ ११ गते, वीरगञ्ज । नेपाल राहत शिक्षक राष्ट्रिय समितिको आयोजनामा सामाजिक सुरक्षा कोष, पेशागत सुरक्षा तथा आन्तरिक प्रतिस्पर्धा विषयक विचार गोष्ठी कार्यक्रम पर्साको वीरगञ्जमा सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका–४ बिर्तास्थित श्री त्रिजुद्ध प्रसाद महावीर प्रसाद रघुवीर राम प्राविधिक विद्यालयको सभाहलमा शनिबार सम्पन्न उक्त कार्यक्रममा राहत शिक्षकहरूको पेशागत सुरक्षा, सामाजिक सुरक्षा, अधिकार सुनिश्चितता र संगठनात्मक एकताबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले विगतदेखि नै राहत शिक्षकहरू माथि अन्याय हुँदै आएको बताउँदै आफू त्यसको विरुद्ध निरन्तर संघर्षरत रहेको स्पष्ट पारे। उनले भने, “राहत शिक्षकलाई ठग्ने, अधिकार हनन गर्ने काम भइरहेका छन्। ममाथि विभिन्न षड्यन्त्र गरी २७ वटा मुद्दा हालिए पनि म राहत शिक्षकहरूको पक्षमा सधैं उभिरहनेछु।”

गोष्ठी कार्यक्रम समितिका उपाध्यक्ष तथा मधेस प्रदेश संयोजक उत्तम गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि भएर महासचिव जीवन तिमिल्सिना, कोषाध्यक्ष प्रकाश पाण्डे, सचिवालय सदस्यहरू ओम प्रकाश गुप्ता, अम्बर यादव, बाल चन्द्र प्रसाद घिमिरे, विजय चौरसिया लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा पर्सा समितिका पूर्व अध्यक्ष विरेन्द्र पाण्डे सहित विभिन्न जिल्लाबाट आएका राहत शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। गोष्ठीमा सहभागी शिक्षकहरूले राहत शिक्षकहरूको दीर्घकालीन पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल स्पष्ट नीति बनाउनुपर्ने, सामाजिक सुरक्षा कोषमा राहत शिक्षकलाई समावेश गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धामा उनीहरूको अधिकार सुरक्षित गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...