अजित कुमार भुजेल , बिरगंज ।ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरले न्यानो कम्बल वितरण गरेको छ ।
अचानक केही दिन देखि बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले बिरगंज वडा न.४ स्थित वडा प्रहरी कार्यालय विर्ताको हिरासत कक्षका थुनुवा तथा अन्य विपन्न व्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरेको छ ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, कोषाध्यक्ष ज्योती रुंगटाले वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीलाई ५० थान कम्बल हस्तान्तरण गरेका थिए ।
कम्बल वितरण कार्यक्रममा बिरगंज निवासी समाजसेवी एवम् व्यवसाय पवन रुंगटाले सहयोग गरेका थिए ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले हरेक वर्ष चिसो मौसममा गरिब तथा विपन्न व्यक्तिहरुलाई कम्बल बितरण गर्दै आईरहेकोमा यस बर्ष पनि निरन्तरता दिएको र ग्रामीण भेकमा पनि आवस्यक अनुसार बितरण गर्ने अभियान रहेको केन्द्रका अध्यक्ष खेतानले पर्सा पोस्टलाई जानकारी दिनुभयो ।