अजित कुमार भुजेल , बिरगंज। लागु औंषध सेवन तथा ओसारपसार नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र अगाडि लागु औषध सेवन तथा कारोवार नियन्त्रण सम्बन्धि अन्दाजी ७५ थान जनचेतनामुलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न गरेको थियो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा समिति कार्यालयका बडा नं.२ कि महिला वडा सदस्य श्रीमती संगिता थापा भुजेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सदस्य अजित कुमार भुजेल , ऐहसानुल हक , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी जवान दिपेन्द्र कुमार यादव , प्रहरी जवान अविनेश राय लगायत स्थानियहरुको समेत उपस्थिति रहेको थियो।