ब्याडमिन्टन प्रतियोगितामा पुरुष तर्फ पर्सा पोस्ट डट कमका सम्पादक सुजित भुजेल प्रथम स्थान हासिल

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा पोस्ट डट कमका सम्पादक एवं अधिवक्ता सुजित कुमार भुजेल व्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु  भएको छ ।

आइतबार ललितपुर बार एशोसिएशनद्वारा आयोजित कानुन व्यवसायीहरु बीच प्रथम खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु भएको छ ।

नेपाल बार एशोसिएशनको ६८ औं स्थापना दिवस ( बार डे २०८०), को उपलक्ष्यमा ललितपुर बार एशोसिएशनद्वारा आयोजित कानून व्यवसायीहरु  बिच प्रथम खुल्ला पुरुष /  महिला व्याड्मिन्टन प्रतियोगिता २०८० मा पुरुष तर्फ अधिवक्ता सुजित कुमार भुजेलले प्रथम स्थान हासिल गर्नु भैइ प्रमाणपत्र , मेडल र टफि समेत प्राप्त गर्न सफल भएको छ ।

ललितपुर बार एशोसिएशनका अध्यक्ष अधिवक्ता राम श्रेष्ठको अध्यक्षतामा तथा सर्बोच्च अदालतका सहायक प्रधानन्यायाधीश बिश्वम्भर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्य भएको सो फाईनल खेलमा बिशिस्ट अतिथि नेपाल बार एशोसिएशनका वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे , अतिथि काभ्रे जिल्ला अदालत बारका अध्यक्ष अधिवक्ता बिष्णु सापकोटा लगायत ललितपुर बार अशोसिएशनका पदाधिकारी , अधिवक्ता , अभिकर्ता र कानुन व्यवसायीहरुको समेत उपस्थिति रहेको कानुन व्यवसायी रामप्रवेश यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...