अजित कुमार भुजेल , बिरगंज । सशस्त्र प्रहरी रौतहट र बाराद्वारा ३१ लाख बराबरको अबैध कपडाहरु बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा आज सशस्त्र प्रहरी बल, नेपाल रौतहट र बारावाट खटिएको जिल्ला रौतहट र बाराकाे टाेलिले सिमावर्ति ईलाकाहरु सुरक्षा कार्वाही गर्दा अवैध रुपमा जम्मा गरी राखेकाे बिभिन्न किसिमका लत्ताकपडा हरु बरामद गरेको थियो ।
भन्सार कार्यालयमा बुझाउँदा जम्मा मुल्य रु. ३०,२१,४००।-(तीस लाख एक्काईस हजार चार सय) कायम भएको छ । लत्ताकपडामा संलग्न व्याक्तिकाे खाेजि कार्य भईरहेकाे सशस्त्र प्रहरीले जानकारी दिएका थिए ।