अजित कुमार भुजेल , बिरगंज । ५ लाख घुस सहित एक वडा अध्यक्ष पक्राउ परेको छ । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा न.३ का वडा अध्यक्ष घुस सहित पक्राउ परेको छ ।
वडा नम्बर ३ का वडा अध्यक्ष तारा कार्कीले रु. ५ लाख घुस लिएको अवस्थामा अख्तियारले पक्राउ गरेको छ ।
सेवाग्रही राजन उप्रेतीसंग बाटोको सिफारिस गर्न सो रकम लिएको थियो । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा न.३ का वडा अध्यक्ष तारा कार्की एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन ।