अजित कुमार भुजेल , बिरगंज । २०७४ साल मंसिर १ गते बिर्ता मन्दिर देखि नारायणी अस्पतालको बिच सम्म हिड्ने मानसिक अवस्था कमजोर भएर कष्टपूर्ण जीवनयापन गर्ने साथै हात र दाहिने खुट्टामा किरा परेको अवस्था आफ्नो नाम आलिया बीबी बताउने अन्जादी बर्ष ८० कि महिलालाइ उद्दार गरि मानवसेवा आश्रममा बिरगंजमा ल्याईएको थियो ।
लगभग ७ बर्षको आश्रममा बसाइ, आश्रमको माया, प्रेम र औषधी उपचार पछी अथक मेहेनत र प्रयासले आमाको घर पता लगाएर आज सफल पारिवारिक पुनर्मिलन भएको हो। परिवारका अनुसार बिगत १५ बर्ष देखि वहा परिवारको सम्पर्क बिहिन हुनभएको थियो, भारतको कयौ राज्यमा खोज्दा पनि नभेटिए पछी आशा नै मारी सके समेत परिवारले जानकारी गराउनु भएको हो।
बुधबारको दिन वहाको परिवार बाट ५ जना नातेदार आउनु भएको थियो, जसमा भाइ सफ्रुदीन मलिक, भतिजहरु मुस्ताक, विप्लव मलिक, भान्जा सहजन अलि खान, भाइ बुहारी गुंडी बीबीले अत्यन्तै खुसि भएर आमालाई भारतको बेस्ट बङाल राज्य, जिल्ला पुर्ब मेदनिपुर, गाउँ पुर्ब राधापुर, थाना भगवानपुर लिएर जानु भएको मानवसेवा आश्रम बिरगंजका संस्थापक देवेश गुप्ताले जानकारी दिनु भयो । यस पारिवारिक पुनर्मिलनमा मानवसेवा आश्रमका अभिभावक प्रकाश थारू, स्वेम सेवक ओम कुमार झाको उपस्थिति रहेको थियो ।