सशस्त्र प्रहरी बल भन्सारद्वारा अटोबाट १० केजि सुकमेल बरामद

Date:

अजित कुमार भुजेल , बिरगंज । सशस्त्र प्रहरीले नेपालबाट छली लुकाई छिपाई भारतको रक्सौल तर्फ जादै गरेको अवस्थामा एउटा अटोबाट १० केजि सुकमेल बरामद गरेको छ ।

बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सीमा नाका भन्सार कार्यालयको मुख्य द्वार अगाडि चेकजाँच गर्ने क्रममा ना.१ ह १-०३११ नम्बरको अटोबाट भन्सार छलि गरि कालो प्लास्टिकमा प्याक गरि पछाडि पट्टिको सिट मुनि लुकाएर राखेको अवस्थामा १० किलो सुकमेल अबैध रुपमा नेपालबाट भारत तर्फ निकासी गर्न लाग्दै  गरेको अवस्थामा नियत्रणमा लिइएको हो । अटो र सुकुमेल को मुल्य रु. २ लाख ५० हजार रहेको जनाईएको छ।

सो सामाग्री सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको जनाएको छ । अटोचालक एवम् अटो सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अटोको पछाडिपट्टिको सिट मुनि लुकाएको अवस्थामा फेला परेको थियोे ।

उक्त सुकमेल तथा अटोको अन्दाजी मूल्य करिब २ लाख ५० हजार मूल्याकंन गरी भन्सार कार्यालय बुझाइएको सुब्बाले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...