सञ्चारकर्मी माथी दुव्र्यवहार गरेको घटनाको नेपाल प्रेस युनियन बाराद्वारा घोर भत्सर्ना

Date:

अजित कुमार भुजेल , बिरगंज । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले सञ्चारकर्मी माथी दुर्व्यवहार गरेको घटनाको नेपाल प्रेस युनियन बाराले भर्त्सना गरेको छ ।

प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवले प्रेस विज्ञप्ती जारी गरी प्रहरी उपरीक्षक काफ्लेले समाचार संकलन गर्न पुगेका सञ्चारकर्मी माथी दुर्व्यवहार गरेको घटनाको भर्त्सना गरेको हो ।

यादवद्वारा जारी विज्ञप्तीमा मंसिर २७ गते बुधवार सिम्रौनगढ घटनाको अधिकारिक्ता बारे जिल्ला प्रहरी कार्यालय, बारा पुगेका सञ्चारकर्मीहरु माथि प्रहरी उपरीक्षक  काफ्लेले दुर्व्यवहार गरेको उल्लेख छ ।

नेपाल प्रहरीले जिल्लामा रहेको प्रहरी नायव उपरिक्षकलाई सूचना अधिकारीका रुपमा कार्य गर्न भनेता पनि बाराका सूचना अधिकारी दधिराम न्यौपानेले सही समयमा कुनै पनि सूचना नदिने, सञ्चारकर्मीको फोन नउठाउने लगायतका कार्यले सही सूचना सम्प्रेषणमा कठिनाई भईरहेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा जिल्लामा केही महिनादेखि शान्ति सुरक्षाको अवस्था खस्कदै गईरहेको विगतका घटनाबाट देखिन आएको छ । पछिल्लो समय राज्यबाट र गैर राज्य पक्षबाट विभिन्न घटना भईरहंदा त्यस्ता घटनाको वास्तविकता र आधिकारिकता प्रहरी प्रशासनमा निहित रहन्छ । पत्रकारहरुले सही समयमा सूचना नपाउदा विभिन्न किसिमका समाचारहरु प्रकाशित प्रशारित हुंदा त्यसबाट पिडित पक्ष र राज्यपक्षलाई नै क्षति हुने देखिन्छ भनिएको छ ।

सही सूचना पाउने नैर्सिग अधिकारलाई कुण्ठित गर्ने काम प्रहरी प्रशासनबाट नगर्न युनियन, बाराले माग गर्नुको साथै जिल्ला प्रहरी कार्यालयमा हिजो प्रहरी प्रमुखबाट नै भएको घटनाले पत्रकारहरु मर्माहित बन्दै गर्दा यस्ता बानी व्यहोरा र आचरण सुधार गर्न समेत विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ ।

बुधवार सिम्रौनगढ नगरपालिका कार्यालयमा भएको विवादको क्रममा प्रहरीको गोली लागेर स्थानीय लक्ष्मी मुखियाको घट्ना स्थलमै मृत्यु भए पनि प्रहरीले घाइते मात्र भएको जनाएको थियो । पछि उपचारको क्रममा मृत्यु भएको प्रहरीबाट भनिएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...