बिरगंज महानगरको बिवाद समाधान गर्न बसेको बोर्ड बैठक बिना निष्कर्ष टुंगियो

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिकाको आज बसेको बोर्ड बैठक निष्क्रष बिहिन टुंगिएको छ ।

३ दिन अघि उत्पन्न बिबादलाई बार्ताबाट नै समाधान गर्ने भनि बिहीबार तोकिएको बैठक बिना निष्कर्स नै टुंगिएको छ  ।

बिरगंज महानगर पालिकाभित्र मंगलवार प्रमुख प्रशासकीय अधिकृतको खाली कोठाको विषयलाई लिएर मेयर र उपमेयर पक्षमा बिबाद भैइ हाताहालाहाल हुदा प्रहरी परिचालन गरि स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

त्यही बिषयलाई लिएर आज बिरगंज महानगरमा चलेको करिब डेढ घण्टा लामो बोर्ड बैठकमा आपसी सहमति नजुटेपछि समस्या समाधानका लागि सोमबारसम्म सुशासन समितिलाई निर्णय लिन जिम्मा दिइएको थियो ।

सुशासन समितिले नगरपालिकाभित्र खाली रहेको प्रमुख प्रशासकीय अधिकृतको कोठा कसलाई आवश्यकता छ भनेर अध्ययन गरेर सोमबारसम्म प्रतिवेदन बुझाउने समयसीमा तोकिएको वडाअध्यक्ष जगत साह कानुले जानकारी दिनुभयो ।

वडा न.५ का वडाअध्यक्ष एवम सुशासन समितिका अध्यक्ष प्रदीप चौरसियालाई आजदेखि ५ दिन अध्ययन गरेर प्रतिवेदन बुझाएपछि पुनः खाली रहेको कोठाबारे निर्णय लिइने महानगरको कार्यालय तयारी गरेको स्रोतको दाबी छ ।

बैठकमा सहभागी एक वडाअध्यक्षका अनुसार मेयर र उपमेयरबीच आपसी सहमति नजुटेपछि बैठक स्थगित गर्नु परेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...