विद्यार्थीहरुको हक , अधिकार , शैक्षिक गुणस्तर सुधार तथा सुबिधाहरुको सुनिश्चितता मेरो प्रमुख एजेन्डाहरु हुन्:- अध्यक्ष पदका उमेदवार कबिता आचार्य

Date:

अजित कुमार भुजेल , बिरगंज ।विद्यार्थीहरुको हक ,अधिकार , शैक्षिक गुणस्तर सुधार र क्याम्पसका आधारभूत सुबिधाहरुको सुनिश्चितताका लागि बिरगंज वडा न.४ बिर्ता स्थित बिरगंज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) बाट कविता आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन ।

आचार्यले आफ्नो उम्मेदवारी घोषणासँगै भनेकी छन्, “सम्पूर्णमा नमस्कार ! म कविता आचार्य, बिरगंज नर्सिङ क्याम्पसको स्ववियू अध्यक्ष पदमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) बाट उम्मेदवारी दिने घोषणा गर्दछु । विद्यार्थीहरूको हक, अधिकार, शैक्षिक गुणस्तर सुधार, तथा सुविधाहरूको सुनिश्चितता मेरा प्रमुख एजेन्डाहरू हुन् । हामीले सामना गरिरहेका विभिन्न समस्याहरूको समाधानका लागि दृढ संकल्पका साथ अगाडि बढ्ने प्रतिबद्धता लिएको छु । अबको नेतृत्व विद्यार्थीहरूकै हुनेछ र अबको सङ्घर्ष विद्यार्थीहरूकै अधिकारका लागि हुनेछ ।”

उनले विगतमा बिरगंज नर्सिङ क्याम्पसमा स्ववियू निर्वाचन जितेका नेपाल विद्यार्थी संघ (नेविसंघ ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जस्ता सङ्गठनहरूले विद्यार्थीहरूको हकहितका लागि कुनै ठोस काम गर्न नसकेको आरोप पनि लगाएकी छन् ।

“यसअघिका नेतृत्वले विद्यार्थीहरूको हितमा काम गर्न सकेनन् । क्याम्पसमा आधारभूत सुविधाहरूको अभाव छ, शैक्षिक गुणस्तर खस्किँदो छ, र विद्यार्थीहरूका गुनासाहरू सुनुवाइ भएका छैनन् । यही कारण मैले यो जिम्मेवारी लिने निर्णय गरेकी हुँ,” आचार्यले भनिन् ।

आचार्यले स्ववियू निर्वाचन जितेपछि आफ्ना मुख्य एजेन्डाहरूलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएकी छन् । उनले क्याम्पसमा पुस्तकालय सुधार, छात्रावास सुधार, नियमित स्वास्थ्य जाँच सुविधा, छात्रवृत्तिको व्यवस्था, कक्षा कोठाहरूको मर्मत सम्भार र पठनपाठनको गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेकी छन् ।

“विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउनुपर्छ र त्यसका लागि आवश्यक वातावरण बनाउनु मेरो पहिलो काम हुनेछ । साथै, क्याम्पस प्रशासनसँग समन्वय गरेर यहाँका समस्याहरूको दीर्घकालीन समाधान खोजिनेछ,” उनले भनिन् । “हाम्रो लक्ष्य भनेको विद्यार्थीहरूको आवाज बुलन्द बनाउनु र क्याम्पसलाई उत्कृष्ट शैक्षिक थलो बनाउनु हो,” आचार्यले थपिन् ।

आचार्यको उम्मेदवारी घोषणापछि विद्यार्थीहरूबिच उत्साह देखिएको छ । क्याम्पसमा लामो समयदेखि उठाइएका मागहरू पूरा हुने आशा विद्यार्थीहरूले गरेका छन् । आचार्यले आफ्नो अभियानमा विद्यार्थी केन्द्रित नेतृत्व र पारदर्शी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

बिरगंज नर्सिङ क्याम्पसमा स्ववियू निर्वाचनको मिति नजिकिँदै गर्दा आचार्यको उम्मेदवारीले चुनावी सरगर्मी बढाएको छ । अबको केही दिनमा अन्य उम्मेदवारहरूले पनि आफ्ना एजेन्डाहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...