बेल्वा स्थित अतिक्रमण २ बिघा जग्गा महानगरले आफ्नो अधिनमा ल्याए

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका वडा नं. ३१ वेल्वामा व्यक्तिले कब्जा गरेको २ विघा सार्वजनिक जग्गा महानगरपालिकाले आफ्नो अधिनमा ल्याएको छ । महानगरको अतिक्रमण नियन्त्रण समितिले आइतबार नापजाँच गरेर अतिक्रमित जग्गामा आफ्नो अधिनमा ल्याएको हो ।

उच्च अदालत वीरगंजमा परेको रिटमा महानगरको पक्षमा फैसला आएसँगै व्यक्तिले कब्जा गरि दुरुपयोग गरेको सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउने बाटो खुलेको हो । सार्वजनिक जग्गा व्यक्तिगत प्रयोजनमा प्रयोग हुनुहुँदैन भन्दै स्थानीय हसमुदिन अंसारीले नैमुद्दिन अंसारी र बसरुद्दिन अंसारी विरुद्ध जाहेरी दिएका थिए ।

अदालतका न्यायाधीशद्वय मोहन राज भट्टराई र हरि प्रसाद पौडेलको संयुक्त इजलासले सार्वजनिक जग्गा कसैको कब्जामा हुन नहुने भन्दै सार्बजनिक प्रयोजनमा ल्याउन आदेश दिएका थिए । सोही बमोजिम महानगरपालिकाले आइतबार सर्वेक्षक सहितको टोली लगेर सार्बजनिक जग्गा छुट्याउँदै व्यक्तिको कब्जाबाट मुक्त गराएको हो ।

महानर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगर प्रयोजनमा दुरुपयोग हुन नदिने अभियान नै चलाउनु भएको छ ।
महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले नापनक्सा गरि किलाखुट्टा हलाएर ब्यक्तिको कब्जाबाट मुक्त गराएको वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादबले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...