समाजसेवी रामनरेश साहले पर्साका दुई छोरिलाई गरे कन्यादान

Date:

अजित कुमार भुजेल , बिरगंज । सर्लाही ब्रहम्पुरी निवासी हाल वीरगन्ज-२६ सुगौली बसने मानवताप्रेमी समाजसेवी रामनरेश साह ज्युले वीरगन्ज १७ अलौ कोनिया टोल निवासी गरीब असहाय जादोलाल बैठाको २ वटा छोरीको कन्यादान गरेका छन। दुईटै छोरीहरुको विवाह शनिवार राती सम्पन्न भएको छ।उनके यि छोरीहरुको बिवाहमा लगने संपूर्ण खर्च समेत सहयोग ग़रेर सराहनीय, उदाहरणीय र मानवतापूर्ण कार्य गरेका छन।

लड़कीका बुवा जादोलाल एकदम गरीब छन। उनी डेलीरोज मा काम ग़रेर आफनो घर परिवार चलाउने गरेको ललन बैठाले बताए। एक छोरा र चार छोरी गरी पांच संतानको बुवा जादोलाल अहिले सम्म एक छोरी को मात्र विहे गरेका छन। बाकी एक छोरा र एक छोरीको उमेर अहिले सानो रहेको छ। यस्तो महंगाईको बेला कोई कतो सहारा न भएको बेला रामनरेश साह मेरा लागी भगवान साबित भएको बताउछन।

यस्तै आज कन्यादानमा सहयोग गरी आफ़ू कुंभ स्नान गरेको रामनरेश साह ले बताए। उनले अगाड़ी भने प्रत्येक व्यक्ति ले आफ़नो कमाई बाट आफनो घर परिवार को साथ साथै गरीब असहाय परिवारमा खुशी बाटनू नै मानवता भएको बताउदै अरुलाई पनी यस्तो कार्यमा सहयोग गर्न अनुरोध समेत गरे। भाई राज साह बाट प्रेरित भई आफ़ू पनी समाजसेवामा लागेको हुदा भाई लाई धन्यवाद प्रकट गरे।

यस पुण्य कार्यको प्रशंसा गर्दे बीरगंज कपड़ा बैंक ,दैजो प्रथा एवं सामाजिक कुरीति विरुद्ध जागरण मंच,हेरिटेज पब्लिक कॉलेज लगायत विभिन्न संस्था व्यक्तिहरू द्वारा समाजसेवी रामनरेश साह लाई कदर पत्र द्वारा सम्मानित गरीएको थियो।

यस कन्यादान कार्यक्रम सहभागी भई पर्साका SP गौतम मिश्र ,सामाजिक अभियंता प्रकाश थारू, बृजेश्वर चाधरी,प्रकाश उपाध्याय, लालाबाबू सिंह,कन्हैया पटेल,राज साह ,मंगेश्वर यादव,सरोज चौधरी,शम्भु सह,अशोक साह,सुमन कामस्य,बीरेंद्र यादव ,किरण मैडम, खुशबू मैडम लगायत विभिन्न व्यक्तित्वहरुले छोरीहरु लाई शुभकामना तथा आशिर्वाद प्रदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...