प्याब्सन बिरगंज महानगर कमिटीको आयोजनामा भएको फाईनल खेलमा ओम नेशनल एकेडेमी र गौतम स्कुल बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज । प्याब्सन बिरगंज महानगर कमिटीले आयोजना गरेको अन्तर स्कुल क्रिक्रेट प्रतियोगिता अन्तर्गत आज भएको फाईनल खेलमा ब्वाईज तर्फ ओम नेशनल एकेडेमी बिजयि भएको छ भने दोस्रो स्थानमा विद्यासागर स्कुल भएको छ ।

त्यसैगरि गर्ल्स तर्फको फाईनल खेलमा गौतम स्कुल बिजयि भएको छ भने दोस्रो स्थान ओम नेशनल एकेडेमी भएको छ ।

आज भएको फाईनल खेल ब्वाईज तर्फ बिद्यासागर स्कुल र ओम नेशनल एकेडेमी बीच भएको खेलमा ओम नेशनल एकेडेमी ४७ रनले बिजयि भएको थियो ।विद्यासागर स्कुलले १० ओभरमा  विकेटको क्षतिमा ९८ रन मात्र जोडन सफल भएका थिए भने ओम नेशनल एकेडेमी १० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएर बिजयि भएको थियो ।
सो खेलको म्यान अफ दि म्याच ओम नेशनल एकेडेमीका सन्देश यादव घोषित भएका थिए ।

त्यसै गरि आजै भएको फाईनल गर्ल्स तर्फ गौतम स्कुल र ओम नेशनल एकेडेमी बीच भएको खेलमा गौतम स्कुल बिजयि भएको छ ।

गौतम स्कुल २१ रनले बिजयि भएको हो ।ओम नेशनल एकेडेमीले ८ ओभरमा २ बिवेट गुमाई ७३ रन बनाएका थिए भने गौतम स्कुलले ८ ओभरमा ३ बिकेट गुमाएर ९४ रन बनाएका थिए ।

सो खेलको म्यान अफ दि म्याच गौतम स्कुलकि श्रेषका बस्नेत घोषित भएकि थिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...