ब्रह्मकुमारि राजयोग सेवा केन्द्र बिर्ताद्वारा शिव सन्देश शान्ति पद यात्रा

Date:

अजित कुमार भुजेल , बिरगंज । ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्ता बिरगंजद्वारा शिव सन्देश शान्ती पद यात्रा सम्पन्न भएको छ।

आज मंगलबारको दिन ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्ता बिरगंजबाट रर्‍याली निकाली घन्टाघर हुँदै मुर्ली लगायत बिरगंजका विभिन्न स्थान नगरपरिक्रमा गरि पुन् छपकैया स्थित बिश्व दर्शन भवन सेवा केन्द्र छपकैया भवनमा पुगि कार्यक्रम सम्पन्न भएको छ।

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजका मुख्य संचालिका रबिना दिदिको अभिभावत्वमा सम्पन्न भएको हो। मुख्य अतिथिमा उधोग बाणिज्य संघ बिरगंजका अध्यक्ष अनिल अग्रवाल,विशिष्ट अतिथीमा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुको उपस्थिति रहेको थियोे।

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजका बिके गोकुल गुबाजुको भनाई अनुसार बिरगंज लगायत सम्पुर्ण रास्ट्रियमा नै शान्ती सदभाव र एकता कायम होस भन्ने उदेश्यका साथ यो शान्ती पद यात्राको आयोजना गरिएको हो।

भगवान् शिव यो धर्तीमा अवतरित हुनु भएको ८८ बर्ष पूरा भई ८९ बर्षमा प्रवेश गरेको ८९ औं त्रिमुति शिव जयन्तीको अवसर मा यो शान्ति पद यात्रा गर्न लागिएको हो।

शकर पार्वती र सर्ब आत्माहरुको पिता एउटै प्रमात्मा शिव हुनु हुन्छ भन्ने सन्देश बोकेको झाक्री सहित बिरगंजको बिर्ताको ॐ शान्ती भवन बाट शुभारम्भ भई घन्टाघर हुँदै मुर्ली लगायत बिरगंजका विभिन्न स्थान नगरपरिक्रमा गरि पुन्ह छपकैया स्थित बिश्व दर्शन भवन सेवा केन्द्र छपकैया भवनमा पुगि कार्यक्रम सम्पन्न भएको हो।

भोलि ७:३० बजे देखि बिश्व दर्शन भवन छपकैयामा शिव रात्रि सम्बन्धि आत्यामय प्रवचन तथा शिव ध्वजा रोहाण कार्यक्रम रहेको जानकारी गराइएको छ।

उक्त कार्यक्रममा समाजसेबी प्रकाश थारु,आमजन मानस लगायतका भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियोे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...