सामुदायिक सेवा केन्द्र कुम्हालटोलद्वारा पुर्व ए. आई. जि . बिजयलाल कायस्थको स्वागत

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलको आयोजनामा पुर्व ए.आई.जी. बिजयलाल कायस्थको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित यो कार्यक्रम बिरगंजको रेल्वे रोडस्थित सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पुर्व ए.आई.जी. बिजयलाल कायस्थ उपस्थित थिए।

कार्यक्रममा विशेष अतिथिका रूपमा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका संरक्षक तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदीप कुमार चौरसिया,अन्तर्राष्ट्रिय भारतोलनका रेफ्री प्रदिप श्रेष्ठ,पुर्व ए.आई.जी. बिजयलाल कायस्थका श्रीमती सबिता कायस्थ रहेका थिए।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपाली, सचिव श्रवण बहादुर रायमाझी, कन्चनजङ्गा स्कुलका डाइरेक्टर मार्टिन  मोक्तान, वडा सदस्य मनोज कुमार साह, टोल सुधार समितिका अध्यक्ष नन्दलाल राउत अहिर, समाजसेवी मनोज मिश्रा, वीरगञ्ज समाजका अध्यक्ष अशोक गुप्ता,संचारकर्मी सन्तोषमान रञ्जितकार,अभिलाष गुप्ता,कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्रहरी सहायक हवल्दार कुमार बी.के. लगायत विभिन्न पदाधिकारी, समाजसेवी तथा आजीवन सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व ए.आई.जी. बिजयलाल कायस्थले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै स्थानीय स्तरसम्म सुरक्षा व्यवस्थालाई सुदृढ गर्ने उनको भनाइ रहेको थियो । उनले सुरक्षा सुदृढीकरणमा नागरिक सहभागिता अत्यन्त आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमहरू जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको बताए।

कार्यक्रम सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचीव श्रवण बहादुर रायमाझीले गरेका थिए। यो कार्यक्रमले समुदाय र सुरक्षाकर्मी बीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...